प्रधानमन्त्री रोजगार कार्यक्रम नेपालीलाई सवल र सक्षम नागरिक बनाउने कार्यक्रम हो–अर्थमन्त्री | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम नेपालीलाई सवल र सक्षम नागरिक बनाउने कार्यक्रम हो–अर्थमन्त्री


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम सबै नेपालीलाई सवल र सक्षम नागरिक बनाउने कार्यक्रम भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कार्यक्रममा अर्थमन्त्री खतिवडाले श्रम बजारमा आवद्ध नहुने नागरिकलाई राज्यले सामाजिक सुरक्षा दिने बताए । उनले यो कार्यक्रमको आशय सबै नागरिकलाई श्रममा जोड्नु भएको बताए ।

सामाजिक सुरक्षालाई दिगो र धान्नसक्ने बनाउनका लागि युवाशक्तिलाई श्रम बजारमा आवद्ध गर्नुपर्ने उनको भनाइ थियो । ‘युवा शक्तिलाई श्रम बजारमा आवद्ध गर्न सकेनौं भने हामीले दिने सामाजिक सुरक्षालाई दिगो र धान्न सक्ने हुन्छ सक्दै’ उनले भने,‘श्रम बजारमा आवद्ध नहुने नागरिकलाई राज्यले सामाजिक सुरक्षा दिने हो’ ।

अर्थमन्त्री खतिवडाले अव मुलुक सर्वव्यापी सामाजिक सुरक्षामा गएको बताए ।

श्रमहरु औपचारिककरण हुनुपर्छ भन्दै अर्थमन्त्री खतिवडाले अनौपचारिक कामहरु शोषणयुक्त हुने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रमलाई मर्यादित, सम्मानजक ज्इाला, श्रमको सम्मान गर्ने वातावरण हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : १६ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार