गर्लफ्रेन्डको विषयमा विवाद हुँदा गोरेको हत्या | Khabarhub Khabarhub

गर्लफ्रेन्डको विषयमा विवाद हुँदा गोरेको हत्या


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पर्यटकीय नगरी पोखरामा मंगलबार अपत्यारिलो घटना भएको छ । ‘भ्यालेन्टाइन डे’ को दुई दिनअघि केटीको विषयमा उत्पन्न विवादले ‘इगो’ लिँदा १४ वर्षीय एक किशोरको घाँटी रेटी हत्या भएको छ ।

हत्या हुनेमा पाल्पा जिल्ला रम्भापानी गाउँपालिका घर भई हाल पोखरा लेकसाइड शान्तिनगर बस्ने गोरे भनिने सचिन सिंजाली रहेका छन् । प्रहरीले घटनाको १० घण्टा नबित्दै हत्यारा अभियुक्त सार्वजनिक गरेसँगै सो घटनाको रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सो घटनामा संलग्न रहेको अभियोगमा मुख्य अभियुक्त पर्वत जिल्ला मल्लाज घर भई हाल पोखरा बस्ने २१ वर्षीय कुमार गर्बुजालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार निज कुमार गर्बुजाले आफ्नो गर्लफ्रेन्ड भनिएकी १५ वर्षीया सुनिता गुरुङसँग सचिनले बिहेको कुरा गरेको र सो कुरा थाहा पाई कुमारले प्रतिशोधमा ‘केही गरेर देखाउँछु’ भन्ने सोची जघन्य हत्याको बाटो रोजेको अनुसन्धानमा खुलेको छ । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ०४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने