‘पासवर्ड’ को गीतमा सनी लियोनीको यस्तो डान्स (भिडियो) | Khabarhub Khabarhub

‘पासवर्ड’ को गीतमा सनी लियोनीको यस्तो डान्स (भिडियो)


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनीले नाचेको नेपाली फिल्म ‘पासवर्ड’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘आजको साम’ बोलको गीतमा सनी लियोनीसँग अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ । गीतमा सनीकै शीर्ष भूमिका रहेको छ । क्लब डान्समा समावेश यो गीतमा अर्जुन पोखेलको संगीत छ भने दुर्गा खरेलको स्वर सुन्न सकिन्छ । यस्तै गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।

विष्णु देवाले कोरियोग्राफी गरेको यो गीतमा सनी लियोनीले कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ । यस्तै भिडियोमा विक्रम जोशीले पनि कम्मर मर्काएका छन् । भिडियोमा सनी आर्कषक रुपमा प्रस्तुत भएकी छिन् ।

सनी लियोनी, अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

फिल्मले भदौ २७ लाई रिलिज मिति तय गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ०२ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा