समाजवादी पार्टीद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन | Khabarhub Khabarhub

समाजवादी पार्टीद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगठित समाजवादी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराइले बिहीबार अपरान्ह निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका हुन् ।

संविधान र कानुनी प्रावधान अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको पार्टीका संघीय परिषद्का अध्यक्ष भट्टराईले जानकारी दिए । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि बढाउँदै समाजवादमा पुर्‍याउने लक्ष्यसहित तत्कालीन यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई गत बैशाख २३ गते समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो ।

समाजवादी पार्टी नेपालले निर्वाचन चिन्ह भने दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरेको छैन । त्यसलाई केही दिनमै टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने पनि पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ५ : २७ बजे

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर