इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१९–२० को इङ्ग्लिस प्रिमियर लिग (इपीएल) को यो सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक खेल तालिकामा सिजनका पहिलो खेलमा च्याम्पियन्स लिग विजेता टोली लिभरपुल र नर्वीच सिटीबीचको खेल हुनेछ । अगस्ट ९ मा हुने पहिलो खेलमा नर्विच सिटी र लिभरपुलले प्रतिस्पर्धा गर्नेछन् ।

इपीएलको साविक विजेता म्यान्चेस्टर सिटी आफ्नो यो सिजनको खेलमा वेष्टहामसँग खेल्दै शुरुवात गर्नेछ । सिटी र वेष्ट हामबीचको खेल अगस्ट १० मा हुनेछ । यस्तै, प्रिमियर लिगमा टोटनह्यामले प्रमोटेड टिम एस्टोन भिल्लासँग खेल्नेछ ।

प्रिमियर लिगमा ठूलो खेल भने म्यान्चेस्टर युनाइटेड र चेल्सीबीचको खेल अगस्ट ११ मा हुनेछ ।

प्रतियोगिताको पहिलो हप्ता १० खेल हुनेछन् । जसमा अगस्ट ९ तारिखमा १ मात्रै खेल हुनेछ भने १० अगस्टमा ७ खेल हुँदा अगस्ट ११ मा २ खेल हुनेछन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ४ : २० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न