फ्रान्सका व्यवसायीलाई प्रधानमन्त्री ओलीको 'निम्तो'– नेपालमा लगानी गर्न आउनुहोस् | Khabarhub Khabarhub

फ्रान्सका व्यवसायीलाई प्रधानमन्त्री ओलीको ‘निम्तो’– नेपालमा लगानी गर्न आउनुहोस्


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधि सहभागी रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको अवस्था नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको पनि बताएका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत–साधनको भण्डार र संभवना भएको बजार भएको पनि उल्लेख गरे ।

फ्रान्सेली व्यवसायीहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरी कानूनी जटिलताहरुको अन्त्य गरेकाले नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको दावी गरे ।

फ्रान्सस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा संभावित लगानीका क्षेत्र र लगानीको अवसरका विषयमा पनि व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले फ्रान्सका केही निश्चित कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेका थिए । सो अवसरमा पनि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको संभावनाबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  २ : ३३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न