विश्वकप क्रिकेट : शीर्ष स्थानको न्युजिल्यान्डसँग भारतको प्रतिस्पर्धा | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : शीर्ष स्थानको न्युजिल्यान्डसँग भारतको प्रतिस्पर्धा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा आज (बिहीबार) भारत र न्युजिल्यान्डबीचको खेल हुँदैछ । नोटिङघामस्थित ट्रेन्टब्रिज मैदानमा हुने खेल नेपाली समय अनुसार ३ बजेर १५ मा शुरु हुनेछ ।

विश्वकपमा उत्कृष्ट लय प्रस्तुत गरिरहेका दुई टोलीबीचको खेल निकै महत्वपूर्ण रहेको क्रिकेट विश्लेषकहरुले बताएका छन् । यसअघि ३ खेल खेलिसकेको न्युजिल्यान्ड शतप्रतिशत नतिजासहि शीर्ष स्थानमा छ ।

६ अंकसहित शीर्ष स्थानको न्युजिल्यान्डलाई २ खेलमा दुवै खेल जीतेको भारत तेस्रो स्थानमा छ । आजको खेलमा न्युजिल्यान्डलाई रोक्दै आफ्नो लय कायम गर्ने योजनासहित भारत मैदान उत्रिदैछ ।

न्युजिल्यान्डका लागि आजको खेलमा उच्च फर्ममा रहेका ओपनिङ ब्याट्सम्यान शिखर धवन नहुँदा केही सहज हुने न्युुजिल्यान्डका खेलाडीले बताइसकेका छन् ।

यद्यपी भारतका ब्याट्सम्यानहरु जसले पनि टोलीलाई खेलमा फर्काउन सक्ने न्युलिल्यान्डमा डर छ ।

आईसीसी विश्व वरियतमा दोस्रो स्थानको भारतका लागि कप्तान विराट कोहली, रोहित शर्मा, महेन्द्रसिंह धोनीसहित बलरहरुमा युज्भेन्द्र चहाल, जस्प्रीत बु्रमाहले उत्कृष्ट बलिङ गर्न सक्नेछन् ।

यता, न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन, मार्टिन गप्टील, रोस ट्वेलरले टोलीका लागि भारतविरुद्ध राम्रो गर्न सक्ने खेलाडीका रुपमा हेरिएको छ भने बलिङ तर्फ लोकिइ फर्गुसन र मार्ट हेनरीले उत्कृष्ट गर्ने क्रिकेट प्रशंसकको अपेक्षा छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : १० बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत