कांग्रेसले मुद्दै चिनेन, चिने पनि किनारा लाउन सकेन | Khabarhub Khabarhub

कांग्रेसले मुद्दै चिनेन, चिने पनि किनारा लाउन सकेन


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेठ २३ गते बिहीबार नेकपा भित्र आलोचनात्मक रुपमा बारम्वार बोलिरहने नेता घनश्याम भुषालले विपक्षी दल नेपाली कांग्रेस प्रति बडा गम्भीर टिप्पणी गरे । उनले रोष्ट्रममा उभिएर भने–सत्तापक्ष त आफ्नै खेलमा ब्यस्त र मस्त छ । तर बजेटको बारेमा आलोचनात्मक टिप्पणी गर्नुपर्ने विपक्षी दल त चुनावको हारको कारण अझै व्युझिन सकेको छैन, अचेत छ ।

समाजवाद उन्मुख भनिएको संविधानको कार्यान्वयनको लागि गठन भएको सरकारले ल्याएको बजेट नै पुजिवादको जगमा टेकेर आएको छ भनेर सत्ताधारी नेता भएर पनि सरकारकै आलोचना गर्ने घनश्याम भुसालले कांग्रेस प्रति गरेको टिप्पणीको यतिञ्जेलसम्म कांग्रेसका कुनैपनि नेताले न खण्डन गरेका छन न विरोध । यसको सोझो मतलब हो–भुसालको कुरालाई प्रजातान्त्रिक समाजवाद ल्याउछौं भन्ने कांग्रेसले सहजताको साथ स्वीकारेको छ ।

तर अपेक्षा के थियो भने कांग्रेसले बजेटका केस्रा केस्रा केलाउनेछ । जनअपेक्षा त परको कुरा सत्तापक्षकै नेताको अपेक्षा अनुसार पनि कांग्रेस खरो उत्रन सकेन । बरु, उ कर्मकाण्डी ढंगबाट संसदमा प्रस्तुत भयो ।

गत जेठ २५ गते नेपाली कांग्रेसले महिनादिन लामो जागरण अभियान सम्पन्न गर्‍यो । १८ वटा मुलभूत लक्ष्य हासिल गर्न भनेर शुरु गरिएको अभियानमा तीन जनामात्र वक्ता राख्ने, खादा माला, ब्याज नलगाउने भनेर अभियान थालेको कांग्रेसले यहि नीतिलाई समेत पालना गरेन ।

पार्टी पंक्तिलाई एक ढिक्का बनाउने, कामबिहीन नेतालाई जिम्मेवारी, संगठन सुदृढ बनाउन नयाँ एजेण्डा तय गर्दै कांग्रेस नेतृत्वले सदन र सडकमार्फत सृजनशील र सशक्त भुमिकामा देखाउन सक्नुपर्छ

तैपनि महिना दिनसम्म सार्वजनिकसभा, अर्न्तक्रिया र भलाकुसारी गर्‍यो । जागरण अभियान नाम दिइएको यो अभियानबाट कांग्रेस कति जागृत भयो ? र, कांग्रेसले कति जागरण ल्याउन सक्यो ? प्रश्न यसरी उठिरहदा जेठ १८ गते कांग्रेसका युवा नेता लोकेश ढकालले लेखे–‘आफैले गरेको निर्णय विपरित माला लगाएको देख्दा लाजै लागेर आयो । मालाको मोहसमेत त्याग्न नसक्ने नेतृत्वबाट पार्टीमा परिवर्तन र सुधारको के नै अपेक्षा गर्न सकिन्छ र ?’

साच्चै भन्ने हो भने लोकेशले जनताको पेटवोली बोलेका छन । कांग्रेस कति सुध्रिएछ वा जागृत भएछ भनेर हेर्न नेता लोकेशको यहि भनाइ नै काफी छ । तर प्रवक्ता विश्वप्रकाश शर्माले भने कांग्रेसको बल्ल इन्जिन स्टार्ट भएको बताएर बचाउ गर्ने कोशिश गर्छन । महिना दिन लामो अभियानपछि बल्ल इन्जिन स्टार्ट भएको कांग्रेसको गाडी कहिले गुड्छ ? वा गुड्दै नगुडी थन्किएर बस्छ ?

महिना दिनसम्म जागरण अभियान चलाएपछि कांग्रेस भित्रैका नेताहरुलाई केही नहुनु भन्दा यतिको अभियान चल्नु जाती भन्ने लागेको छ । महाधिवेशन भएको २ बर्ष नाघिसक्दा पनि पार्टीलाई चलायमान बनाउन नसकेका सभापति शेरवहादुर देउवाले यहि अभियान चलाउनुलाई पनि स्वयम कांग्रेस कै नेताहरुले सकारात्मक मानेका छन । तर यो अभियानको क्रममा पनि गुट हावी भएको कांग्रेस नेताहरुको आरोप छ ।

कम्युनिष्ट पार्टीमा भन्ने गरिएको विचार समुह अन्तत गुटमा परिणत भएजस्तै ठुलो सैद्धान्तिक विमति नरहेको कांग्रेस नेताहरुमा सिधै गुट मौलाउनु अनौठो कुरा भएन । गुटको खरावी के छ भने यसले गुण, सीप, योग्यता खोज्दैन । यसले केवल चाटुकार र निर्देशनको पालना गर्ने असल सिपाही मात्र खोज्छ ।

‍मुद्दा नचिनेपछि समस्या

नेपाल बार एशोसिएसनमा महासचिव भइसकेका प्रजातान्त्रिक खेमाका अधिवक्ता सुनील पोखरेलले भनेका छन–‘बहश हुनुपर्ने थियो, गरीबीको रेखामा तर बहश भयो रेखाको गरीबीमा ।’ हेर्दा ठट्यौलो लाग्ने तर गम्भीर आशय दिने यो वाक्यले नै कांग्रेसले कुन दिशामा अघि बढेर जागरण अभियान चलाएछ भनेर बुझ्न चाहनेको लागि गतिलो सन्दर्भ सामाग्री बन्न पुगेको छ ।

कांग्रेसले यसपटक बोकेको नारा थियो-‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य ।’ असाध्यै मिठो र चोटिलो नारा बोकेको कांग्रेसको गौरवमय इतिहास भएपनि जिम्मेवार वर्तमान नभएको कुरा प्रतिपक्षी आँखाबाट घनश्याम भुसालले बताईसकेका छन । यसलाई अर्को तटस्थ आखाबाट हेर्ने हो भने कस्तो चित्र देखिन्छ त ?

एक राजनीतिक विश्लेषक डा.विष्णु दाहालको शब्द सापटी लिने हो भने कांग्रेसको हालत समय र मुद्धा नचिन्ने र कथंकदाचित मुद्धा उठाइहाले पनि त्यसलाई टुंगोमा पुर्‍याउन नसक्ने खालको छ । कांग्रेसले पछिल्लो समय संसदमा उठाएका मुद्धाको चित्र पनि यस्तै देखिन्छ । कांग्रेसले चिकित्सा शिक्षा विध्येक, निर्मला पन्तको हत्या प्रकरण, बालुवाटार जग्गा प्रकरण, बुढी गण्डकी विद्युत परियोजना लगायतका केही मुद्धा उठायो ।

यी मुद्धा जनचासोका पनि हुन् तर यी मध्ये कुनै पनि विषयलाई कांग्रेसले टुंगोमा पुर्‍याउन सकेन । कतिसम्म भने कांग्रेसले सांसदलाई स्थानीय विकास पूर्वाधार कार्यक्रमको लागि भनेर ६ करोड दिने सरकारको निर्णय खारेजीको मागसमेत गर्‍यो तर आफुले बोलेको कुरा कार्यान्वयन गराउन उसले सदनमा सामान्य औपचारिकता पनि निभाएन । यतिञ्जेलसम्म कांग्रेसले मुद्धा उठाएर सरकारलाई पछि हटाएको राष्ट्रिय सुरक्षा परिषद विध्येक र मिडिया काउन्सील विध्येक मात्रै हो ।

अंक गणितको आधारमा सानो दल भएकोले कांग्रेसले कतिपय मुद्धा आफनो पक्षमा पार्न नसक्ला तर कम्तिमा उसलाई जनताको मन जित्नेगरि मुद्धा उठाउनको लागि कसले रोकेको छ ?

देउवा नेतृत्वको पिढीले कांग्रेसको उद्धार हुँदैन

नेपाली कांग्रेसलाई निकै नजिकबाट वुझेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार, शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको बर्तमान पिंढीले कांग्रेसको उद्धार गर्न सक्दैन । उनले प्रष्ट शब्दमा भनेका छन–‘देउवाले सरकार भंग गराउने वा नयाँ समिकरण बनाउने तागत र क्षमता राख्छन भन्ने मलाई लाग्दैन । उनीसँग न यो शारीरिक क्षमता छ न मानसिक क्षमता नै ।’

सामुहिक नेतृत्व प्रणालीबाट अघि बढेको नेपाली कांग्रेसमा सभापति देउवाले यसरी शाख गुमाएका छन । यसको असर के परेको छ भने उनले उठाएका हरेक मुद्धामा उनकै दलबाट असहयोग भएको छ । चुनाव अघि देउवाले कम्युनिस्ट शासन आएमा नेपालमा रुन पनि पाइन्न हाँस्न पनि पाइन्न र नागरिक अधिकार लुटिन्छ भनेका थिए । तर उनको यो बोलीको कांग्रेसकै नेताले खिल्ली उडाए । तर जब ओली सरकारले नागरिक अधिकार कुण्ठित गर्न थाल्यो तब कांग्रेस युवा नेता गगन थापाले भने–‘देउवाले कम्युनिस्टहरु अधिनायकवादी पथमा हिँड्छन भन्दा हामीले पत्याएनौं तर ओली अहिले अधिनायकवादी पथमा हिंडेका छन ।’

कांग्रेस नेतृत्व यति हलुका हुनुको पछाडि संसदमा प्रभावशाली भुमिका खेलिरहेका गगन थापा, डा.मिनेन्द्र रिजालले उठाएका मुद्धालाई कांग्रेसले पार्टीको मुद्धा पनि बनाउन सकेको छैन

कांग्रेसमा अहिले नेतृत्वलाई अविश्वास गर्ने र नेतृत्व सामुहिक नेतृत्वमा प्रणालीमा नचल्ने अनौठो समस्या देखिएको छ । चुनावी हारपछि समग्र पार्टी पंक्तिलाई एक ढिक्का बनाएर लैजाने, कामबिहीन भएका नेतालाई जिम्मेवारी दिने, संगठन सुदृढ बनाउन नयाँ नयाँ एजेण्डामा पार्टीलाई लैजाने, सदन र सडकमा सृजनशील र सशक्त भुमिकामा प्रस्तुत हुन कांग्रेस नेतृत्व क्रियाशील हुनुपर्छ ।

तर,कांग्रेस सभापति र महामन्त्री नै यस्ता पात्र भएका छन कि उनीहरुको संसदमा प्रभावकारी भुमिका नै छैन भन्दा पनि हुन्छ । नेतृत्व अविश्वसनीय र सुस्त रहेकै कारण कांग्रेस नेतृत्वले दिएको निर्देशन नै अप्रभावकारी भइरहेको छ ।

कांग्रेसले सांसदलाई ६ करोड वितरण गर्ने सरकारको निर्णय गलत भन्यो तर सांसद डा.नारायण खडकाले यसैमा विमति राखे र १० करोड दिनुपर्ने माग गरे । देउवाले एस.जय शंकरले भारतमा मन्त्रीको सपथ लिएपछि उनलाई बधाइ दिए तर कांग्रेसकै नेताले हैसियत बिर्सेर देउवाले बधाइ दिए भनेर यसको खुव आलोचना गरे । जबकी देउवा भन्दा पहिला पुर्वप्रधानमन्त्री डा.बाबुराम भटटराईले पनि जयशंकरलाई बधाइ दिएका थिए । यसको बारेमा सामान्य विरोध पनि भएन ।

कांग्रेस नेतृत्व यति हलुका हुनुको पछाडिको कारण के हो भने संसदमा प्रभावशाली भुमिका खेलिरहेका गगन थापा, डा.मिनेन्द्र रिजालले उठाएका मुद्धालाई कांग्रेसले पार्टीको मुद्धा पनि बनाउन सकेको छैन । अर्थात नेताको कुरा कार्यकर्ताले सकारात्मक रुपमा नलिने र कार्यकर्ता वा दोस्रो तहका नेताको कुरा मुल नेताले नसुन्ने अवस्था बन्न थालेको छ । यसरी कांग्रेस नेताहरु एक्लै चल्ने, एक्लै हिंडने र एक्लै बोल्ने ब्यक्तिवादी सोचबाट चल्न थालेका छन ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन