प्रदेश ३ बैठकमा कांग्रेसको अवरोध | Khabarhub Khabarhub

प्रदेश ३ बैठकमा कांग्रेसको अवरोध


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश नम्बर ३ को संसद बैठक अबरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले राजधानी नामाकरणको प्रक्रिया शुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै सोमबारको बैठक अवरोध गरेका हुन् ।

बैठकको शुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख अनुराधा कोईरालाले पठाएको पत्र पढेर सुनाएकी थिइन् । अधिवेशन शुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन् । प्रतिपक्षी दल नेपाली काग्रेसका प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी नामाकरणको प्रक्रिया शुरु नगरेसम्म संसद चल्ने नदिने बताए ।

कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए । अर्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ६ : ०७ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा