पत्रकारले मन्त्रीसँग लिएको अन्तर्वार्ताले तात्यो सामाजिक सञ्जाल, आखिर के भएको थियो ? | Khabarhub Khabarhub

पत्रकारले मन्त्रीसँग लिएको अन्तर्वार्ताले तात्यो सामाजिक सञ्जाल, आखिर के भएको थियो ?


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सञ्चारमाध्यम र पत्रकारलाई नियन्त्रणमा राख्ने गरि मिडिया काउन्सिल विधेययक पेश गरेको भन्दै चर्को विरोध र आलोचना भइरहँदा एउटा टेलिभिजनमा लिइएको अन्तर्वार्ता आइतबार(आज) एकाएक भाइरल बन्न पुगको छ ।

‘कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनि सम्बन्धित व्यक्तिले दफा १६ वमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्या‍एको देखिए काउन्सिले सम्बन्धित सञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने छ’ भन्ने प्रावधानसहितको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएर सरकारले स्वतन्त्र प्रेसको ‘हुर्मत’ लिन खोजेको भन्दै एक मुख भएका पत्रकार स्वयं आइतबार(आज) विहान एउटा भिडियोका पक्ष विपक्षमा विभाजित भएका छन् ।

पत्रकारमाझ मात्र होइन उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । एभिन्यूज टेलिभिजनको एक अन्तर्वार्तामा पत्रकार सुशील पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग लिएको अन्तर्वार्ता भाइरल बनेको हो ।

समसामयिक विषयमा लिइएको अन्तर्वार्ता एकाएक तनावको अवस्थामा पुगेको थियो ।

कार्यक्रमको शुरुवात नै प्रश्नकर्ता पत्रकार पाण्डे सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

सरकारका उपप्रधानमन्त्रीलाई अतिथी बनाइएको कार्यक्रमको शुरुवातमा उनले भने – संविधानको प्रस्तावनामा समाजवाद लेखेर कम्युनिस्ट सरकार यतिखेर शासन गरिरहेको छ । उसको फुर्तिफार्ती ठूलै छ । कर्मकाण्डी ढंगबाट सरकार चलिरहेको छ, जताहरु निराश बन्दै गइरहेका छन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई उनको पहिलो प्रश्न थियो, सरकारमा बसिरहँदा तपाई सन्तुष्ट हुनुहुन्छ ?

जवाफमा जनता सन्तुष्ट भए सन्तुष्ट, नभए म पनि असन्तुष्ट भन्ने जवाफ दिएका थिए ।

सुरुवातामा हासोसहित शुरु भएको अन्तर्वार्ता एकाएक तनावमा त्यति बेला आयो जतिबेला पत्रकार पाण्डेले
सरकारले प्रेसको घाँटी निमोठ्ने प्रयास गरिरहेको छ ? भन्ने प्रश्न गरे ।

जवाफमा उपप्रधानमन्त्री यादवले भने–प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, जति अहिले छ त्यति विगतमा थिएन ।

बीचमा पत्रकारले थप्छन्, विगतमा थियो अहिले छैन …घाँटी निमोठ्ने काम भइरहेको छ…

मन्त्री– सुन्नुस् सुन्नुस्…मुलुकमा हामीले धेरै तानाशाही व्यवस्थाहरु भोगेका छौं ।

पत्रकार–ए तानाशी व्यवस्थातिर हामी लागिरहेका छैनौं….

मन्त्री– सुन्नुस न् वकवास न गर्नुहोस् न !

पत्रकार– वकवास यो सरकारले गरिरहेको छ…

उपेन्द्र– सुन्नुस् सुन्नुस्, पहिला ढंगले सुन्नुहोस् न ! हामीले निरंकुश राजतन्त्रसँग लड्यौं, पञ्चायत विभेदका विरुद्धमा लड्यौं । निकै संघर्षपछि आएको सरकार हो जो प्रेस स्वतन्त्रताका लागि लडेकोछ । जो लोकतन्त्रका लागि लडेको छ ।
पत्रकार– लड्दैमा हुन्छ ?
मन्त्री– त्यसै आएको हो त प्रेस स्वतन्त्रता ?
पत्रकार–ए तपाईंहरुले किस्तिमा राखेर दिएको हो स्वतन्त्रता मिडियालाई …
मन्त्री– मिडियामा बहस हुँदैछ, …..गतल ढंगले प्रचार ग¥यो भने, अझ व्यवस्थित गर्न ल्याएको भनेर सञ्चारमन्त्रीले भन्नु भएको छ त…

त्यसपछि पनि बहस जारी हुन्छ ।
त्यहाँ उपप्रधानमन्त्रीले पित पत्रकारिताबारे कुरा गर्छन् ।

मन्त्री– मिडियको घाँटी थिचिँदैन । मिडिया स्वतन्त्रताका लागि हामी धेरै लडेका छौं ।
पत्रकार– नेपाली प्रेसले लडेको छैन ?
मन्त्री– छ , तर हामीले जेल नेल भोगेका छौं । मिडियामा फ्रिडम रहन्छ ।

त्यसपछि पत्रकारले भ्रष्टाचारको कुरामा जाउँ भन्दै मन्त्री यादवलाई प्रश्न गर्छन्–

पत्रकार– के भएको यो, तपाई त सरकारमा हुनुहुन्छ ?
मन्त्री– के भइरहेको छ ?
पत्रकार– भ्रष्टाचार, के भइरहेको छ थाहा छ ?
मन्त्री– थाहा छैन ।
पत्रकार– वाइडबडीमा के भयो, चिनी, सुन काण्ड के भयो, काण्डै काण्डमा किन सरकार लिप्त छ ?
मन्त्री– प्रुफहरु ल्याउनुस् कारबाही हुन्छ ।
पत्रकार– ए प्रुफ मिडियाले ल्याइदिने, सरकारी संयन्त्र छैन ?
मन्त्री– अनि हावाका भरमा हुन्छ ?
पत्रकार– हावामा पटक्कै छैन मन्त्री ज्यू, तपाईलाई जवाफ दिन मन छैन भने सोध्दिनँ तर हावा तालमा प्रचार गरेको होइन
मन्त्री– हावादारी कुरा गरेर हुँदैन
पत्रकार– वाइडबडी हावादारी हो ?
मन्त्री– त्यसको जाँच भइरहेको छ, प्रकृयाबाट जान्छ हावादारी कुरा गरेर हुन्छ ।
पत्रकार– संसदीय समितिलाई पंगु बनाएर हुन्छ ?
मन्त्री– कहाँ भएको छ, जाँच भइरहेको छ ।

त्यसपछि सरकारको कुरा छोडेर पत्रकार पाण्डे संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको एकताबारे प्रश्न गर्छन् । शुरुमा उनले दुई पार्टी

मिलेकोमा शुभकामना दिन्छन् र प्रश्न गर्छन् ।
पत्रकार– यसले नेपाली जनतालाई के दिन्छ ?
उपेन्द्र–नेपाली मिडियाले जनतालाई के दिन्छ ? तपाइ यहाँ बस्नु भएको छ ?
पत्रका– सुसुचित गरिराखेका छौं ।
उपेन्द्र– हो हामीले पनि राजनीतिक रुपमा चेतनशील बनाउने हो,
पत्रकार –होइन तपाईहरुले देश परिवर्तन गर्ने होला

मन्त्री– सुन्नु न सुन्नु …गर्ने हो , तपाईको प्रश्न गर्ने ढंग बुझेन के । राजनीतिक दलले के दिन्छ भन्ने थाहा छैन ?

पत्रकार– समाजवादी पार्टी भइसकेपछि….यो पार्टीले नेपाली जनतालाई के दिन्छ ? भनेर सोध्दा तपाई प्रश्नको ढंग तिर नजानुस्, न सिकाउनुस् मन्त्री ज्यू,

मन्त्री –अलि शिष्ट भएर प्रश्न सोध्नुस्
पत्रकार–एकदम शिष्ट छौं । क्षमा गर्नुहोस् एक दम शिष्ट छौं हामी…(उनी बोलिरहन्छन्)
मन्त्री –पहिलो कुरा शिष्ट भएर प्रश्न गर्नुहोस्, इन्टरभ्यू लिने तरिका सिक्नुस्, कसरी कुरा गरिन्छ त्यो सिक्नु प¥यो ।
पत्रकार–ए तपाई नेपाली मिडियालाई शिष्टता सिकाउँदै हुनुहुन्छ ?
मन्त्री– तपाईलाई …
पत्रकार– ठाँडो प्रश्न हो ठाँडै उत्तर दिनुस्,
मन्त्री– ल बन्द गर्नुस्
पत्रकार–तपाई जान सक्नुहुन्छ,
मन्त्री –ल, धन्यवाद
पत्रकार– प्रश्नको उत्तर दिन सक्नुहुन्न भने जानसक्नु हुन्छ । यहाँ आएर वकवास नदेखाउँनुस् कृपया… (दोहोरो भनाभन हुन्छ)
पत्रकार– यहाँ हामी मजाले सोध्छौं ।
मन्त्री– प्रश्न सोध्ने सिष्टता ….

पत्रकार– मैले शिष्टता राखिरखेको छु, कुन चाँहि अशिष्ट भयो ?(उपेन्द्र बोलिरहेका हुन्छन्)
पत्रकार– तपाई जान सक्नु हुन्छ
धन्यवाद भन्दै उपेन्द्र हिँड्छन् ।
त्यसपछि पत्रकारले आफ्नो प्रश्नहरु सुन्न सक्ने हिम्मत नभएर जानु भएको छ भन्दै कार्यक्रमलाई निरन्तरता दिन्छन् ।

यो भिडियो यतिवेला भाइरल भएको छ । कतिले मन्त्रीलाई त कतिले पत्रकारलाई गाली गरिरहेका छन् ।

केही दिन अघि पत्रकार ऋषि धमलाको एक कार्यक्रममा उपस्थित भएका नेकपा र नेपाली कांग्रेसका नेताहरु लाइभ अन्तर्वार्ताका क्रममा विवादमा उत्रिएका थिए । उक्त कार्यक्रममा झगडामा उत्रिएका नेतालाई प्रश्नकर्ता पत्रकार ऋषि धमलाले कार्यक्रमबाट हिँड्न र कुटाकुट गर्न दिएनन् । उनले बारम्बार बस्नुस्, सभ्य हुनुस्, शिष्ट हुनुस्, वौद्धिक बहस गर्नुस् भन्दै रोकेर राखेका थिए । त्यसलाई जोड्दै केहीले पत्रकारको काम अतिथिलाई रोकेर राख्ने हो भन्दै बहस सामाजिक सञ्जालमा भइरहेको छ ।

जे भएपछि पछिल्ला केही दिन मिडियाका कारण सामाजिक सञ्जाल तातेको छ त्यसमा अन्तर्वार्ता प्रकरण थपिएको छ ।

यो पनि पढौं

 

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ५७ बजे

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्