९७ नेपाली अन्तर्राष्ट्रिय अपराधीको सूचीमा (सूचीसहित) | Khabarhub Khabarhub

९७ नेपाली अन्तर्राष्ट्रिय अपराधीको सूचीमा (सूचीसहित)



काठमाडौं– शाहसिक काममा नाम कमाएका नेपाली अन्तर्राष्ट्रिय कुख्यातीको सूचिमा पनि उत्तिकै सुचिकृत हुन थालेका छन् । स्वदेश बस्ने र विदेश जाने नेपालीले गर्ने कामकै कारण धेरै नेपाली रेड नोटिसमा परेका छन् ।

पछिल्लो समय आपराधिक गतिविधिमा संलग्न विदेशीको आश्रय स्थल नेपाल बन्दै गइरहेका बेलामा आपराधिक क्रियाकलामा संलग्न हुने नेपालीको संख्या पनि बढ्न थालेको छ ।

नेपालमा आउने आपराधिक पृष्ठभूमिका विदेशीकै कारण लागू औषध कारोबार, अवैध भिओआईपी, साइबर अपराध, नेटवर्किङ धन्दालगायतका अवैध गतिविधि नेपालमा बढ्न थालेका छन् ।

इन्टरपोलको तथ्याङ्क अनुसार, मुलुकभर ९७ जना नेपाली रेड नोटिसमा छन् । नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीका अनुसार, चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कार जस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरुविरुद्ध रेड नोटिस जारी भएको हो ।

तथ्याङ्क अनुसार, भारतबाट २८ जना, युएईबाट १६ जना, कतारबाट ११ जना, अमेरिकाबाट ५ जना, साउदी अरेवियाबाट ३ जना, बेलारुस, पोर्चुगलबाट १/१ गरी ६६ जना र नेपालबाट ३१ जना गरी जम्मा ९७ जना नेपाली रेड नोटिसमा छन् ।

को को छन् रेड कर्नर नोटिसमा ?

वैशाख पहिलो साता नेपाल प्रहरीको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले मानव तस्करीमा संलग्न रहेको भन्दै चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतमविरुद्व रेड कर्नर नोटिस जारी गर्‍यो । यो सँगै गौतमलाई इन्टरपोलका सदस्य रहेका १ सय ९० देशका प्रहरीले खोजी गरिरहेको छ ।

क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिएका थिए । सुदर्शनविरुद्धको रेड नोटिस त पछिल्लो उदाहारण मात्र हो । अहिले नेपालबाट मात्र ३१ जनाविरुद्ध रेड नोटिस जारी भएको छ । जसमध्ये दुई जना विदेशी नागरिक छन् । त्यसैगरी ३३ जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। जसमा ६ जना विदेशी नागरिक रहेको प्रहरीको तथ्याङ्क छ ।

यस्तो छ सूची

के हो इन्टरपोल नोटिस ?

पछिल्लो समयमा बढ्दै गएको अपराधको भौगोलिकरणसँगै समन्वय र सहकार्यका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) गठन भएको हो । विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्ने मुल उद्देश्यका साथ सन् १९२३ मा इन्टरपोल गठन भएको थियो । नेपाल भने सन् १९९७ मा इन्टरपोलमा आबद्ध भएको हो ।

इन्टरपोलमा हालसम्म एक सय ९० देश सदस्य छन् । नेपाल प्रहरीका पूर्वएआइजी देबेन्द्र सुवेदीका अनुसार, इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेड नोटिस जारी गर्न अनुरोध गर्छ ।

सोही अनुसार, इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भएपनि पक्राउ गरी कानूनी कारबाहीका लागि बुझाउन फोटोसहित अनुरोध गरेर सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ ।

इन्टरपोलले रेड बाहेक पनि ब्लु, ग्रीन, ब्ल्याक, एल्लो, ओरेन्ज, पर्पल र इन्टरपोल स्पेशल नोटिस गरी जम्मा ८ किसिमको नोटिस जारी गर्ने गर्छ । इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ ।

पूर्वडिआइजी हेमन्त मल्ल भन्छन् – अहिले विश्व ‘ग्लोवल भिलेज’ बनको छ, जसका कारण कुनै अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्य क्षेत्रमा भाग्ने समस्या पनि थपिएको छ । त्यसैले त्यस्तो समस्या समाधानको लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको हो । नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ ।

पूर्वएआइजी सुवेदी भन्छन् – विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा फर्काउन सकिन्छ । तर, अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परेपनि पक्राउ गरेर पठाउन भने मिल्दैन । सुपुर्दगी कानून नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने उनको भनाइ छ ।

नेपालमा सुपुर्दगी कानून छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन । तर, त्यो देशमा नेपालीले गरेको अपराधबमोजिम यहा“ पक्राउ गरेर सजाय दिन सकिन्छ । नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १० : ३९ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक