पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश–नयाँ वर्षले सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् | Khabarhub Khabarhub

पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश–नयाँ वर्षले सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस्


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि सबै निष्ठावान् हुनु र एक्यवद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

नयाँ वर्ष २०७६ को उपलक्षमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रिय अखण्डता र प्रजातान्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा आफू रहेको जनाएका छन् ।

नयाँ वर्षको उपलक्षमा नेपाल भित्र र विश्वका विभिन्न भूभागमा रहेका नेपालीहरुमा सुख शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्दै पूर्व राजा ज्ञानेन्द्रले वितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ‘हामीले अब केवल हिजो अस्तिको जस्तो सयम बियाल्ने परिपाटिलाई मात्र अंगालेर पुग्दैन ।’

उनले जनताको घर दैलोमा पुग्दा अनगिन्ती समस्या र दुर्दान्त पीडा रहेको पाएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ,‘लाखैं नेपाली काम, माम र दामका निम्ती विदेशी भूमिमा भौतारिन पर्ने, देशमै शिक्षा स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने– यस्तो नाजुक अवस्था अझै कति रही रहने ?’

पूर्व राजा ज्ञानेन्द्रले मुलुक प्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको बताएका छन् । देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्दछ भन्नेमा आफ्नो सधै विश्वास रही आएको ज्ञानेन्द्रले जनाएका छन् ।

शुभकामना सन्देशमा ज्ञानेन्द्रले भनेका छन्,‘नयाँ वर्ष साच्चिकै नयाँ रहोस्– नयाँ वर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ५ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०