जब बलिउड हस्ती गुल्सन ग्रोबरले नेपालको तारिफ गरे ... | Khabarhub Khabarhub

जब बलिउड हस्ती गुल्सन ग्रोबरले नेपालको तारिफ गरे …


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नब्बेको दशकमा बलिउडमा एकपछि अर्को हिट फिल्म दिएका चर्चित अभिनेता गुल्सन ग्रोभर नेपाल आएका छन् । उनी आफूले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रचारका लागि काठमाडौं आइपुगेका हुन् ।

काठमाडौंको पाटनस्थित पाटन दरबार स्क्वायरमा गुल्सनले नेपाली फ्यानसँग साक्षात्कार गरे ।

दर्शकलाई पूर्व जानकारी नदिई फिल्म निर्माण टिमले पाटन दरबार स्क्वायर परिसरमा प्रचारात्मक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा गुल्सनले आफूलाई नेपाल आउँदा खुशी लागेको बताए । साथै उनले यसअघि पनि तीनपटक नेपाल आइसकेको बताए ।

‘नेपाल आएर दिल गार्डेन गार्डेन भयो,’ गुल्सनले हिन्दीमा भने, ‘नेपाल यति राम्रो लाग्छ कि, नेपालको संस्कृति, नेपालका जनता र नेपालको खाना र नेपालको इमान्दारिता निकै राम्रो लाग्छ ।’

उनले यसअघि पहिलोपटक नेपालमा आफ्नो साथी मनीषा कोइराला (बलिउड अभिनेत्री) आएको सम्झिए । त्यसपछि अर्कोपटक फिल्मको शूटिङका लागि नेपाल आएको र अहिले प्रचारका लागि पनि आएको उनले बताए ।

गुल्सनले नेपालप्रति माया देखाउँदा उपस्थित दर्शकले हुटिङ गरेर साथ दिएका थिए ।

‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक पेमा धोण्डुप, निर्माता नकिम उदिन, नायिका आना शर्मा लगायत उपस्थित थिए । चैत्र १ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा नेपाली कलाकारसँगै हलिउड अभिनेता जोश मेनुअलको पनि अभिनय छ । यस्तै फिल्ममा आना शर्मा, गुल्सन ग्रोबर, हमिद शैख, शिशिर वाङ्देल, आमिर गौतम, निर शमा, कर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

रिलिजको मिति नजिकिए पनि निर्माण टिमले फिल्मलाई दर्शकमाझ पु–याउन सकेको छैन । आउँदो शुक्रवारदेखि नेपालका हलमा रिलिज हुने यो फिल्मको प्रचारका लागि गुल्सन नेपाल ओर्लिएका हुन् ।

तस्वीर – कृष्ण खत्री

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : १९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका