राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने, शुक्रवार समापन हुने | Khabarhub Khabarhub

राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने, शुक्रवार समापन हुने


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट शुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने भएको छ ।

हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह लगायका माग राखि सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू बारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची महाकाली यात्रा गरेको जनाएको छ ।

राप्रपाले २८१० किमि यात्रा पन्ध्र दिनमा तय गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । यस क्रममा साना ठूला गरि १५० वटा सभाहरु भएको उनले बताए । यात्राका क्रममा हिन्दू राष्ट्रका पक्षमा देखिएको जनताको समर्थन काठमाडौं बसेर कल्पना गर्न नसकिने खालको रहेको र हिन्दु राष्ट्रको जनचाहनालाई सम्बोधन गरिनुपर्ने श्रेष्ठ बताउछन् । राप्रपाको यात्रामा ७० वटा भन्दा बढी सवारी साधन र ५०० यात्रीहरु नियमित थिए ।

राप्रपा अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दु, बौद्ध र किराँत धर्म झल्कने आकर्षक पशुपतिनाथ, गाई, बौद्ध स्तुपा पनि फरकफरक सवारीमा यात्रा संगै थिए । हरेक दिन कम्तीमा १० वटाका दरले भएका साना ठूला सभाहरुमा स्थानीय र टाढा टाढाबाट समेत जनताको उपस्थिति रहेको थियो । प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।

आज काठमाडौं आइपुग्ने स्वाभिमान यात्राले ललितपुरका विभित्र स्थानमा कोणसभा गर्नेछ । स्वाभिमान यात्रा चैत १ गते भक्तपुरबाट काठमाडौ आइ शहरका विभिन्न भाग परिक्रमा गरि डिल्लीबजारबाट शुरु हुने कलश यात्रा सहित अपरान्ह १२.१५ बजे भृकुटीमण्डपमा विशाल जनसभा गर्दै समापन हुनेछ । सभालाई अध्यक्ष कमल थापा सहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  २ : ३५ बजे

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप