ब्रेक्जिट मतदान– बेलायती प्रधानमन्त्री दोस्रोपटक पनि असफल | Khabarhub Khabarhub

ब्रेक्जिट मतदान– बेलायती प्रधानमन्त्री दोस्रोपटक पनि असफल


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायत युरोपेली युनियन (ईयु)बाट बाहिरिने विषयमा प्रधानमन्त्री टेरिजा मेले संसदमा प्रस्तुत गरेको संशोधित प्रस्ताव फेरि असफल भएको छ ।

प्रधानमन्त्री मेले ईयुसँग बेलायत (ईयु)बाट बाहिरिने विषयमा गर्ने सम्झौताको प्रस्ताव बेलायतको तल्लो सदन हाउस अफ कमन्समा २ सय ९१ का विरुद्ध ३ सय ४२ मतले विफल भएको हो । मेको आफ्नै कन्जरभेटिभ पार्टीका सांसद्हरुले पनि प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

यसैक्रममा बुधबार बेलायती संसदमा बेलायत ईयुबाट बाहिरिँदा कुनै सम्झौता नगरी बाहिरिने विषय स्वीकार गर्ने वा नगर्ने विषयमा मतदान हुँदैछ । कन्जरभेटिभ पार्टीले आफ्ना संसदहरुलाई इच्छा लागेको पक्षमा मतदान गर्न स्वतन्त्रता दिएको बताइएको छ ।

यस्तोमा कन्जरभेटिभ पार्टीका दक्षिणपन्थी धारका सांसद्हरुले बेलायत ईयुबाट कुनै सम्झौता नगरी बाहिरिनुपर्ने पक्षमा मत दिनसक्ने बताइएको छ ।

यदी बेलायत ईयुसँग कुनै सम्झौता नगरी बाहिरिएमा त्यसले बेलायतको अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता उत्पन्न हुँदै आएका छन् । तर, दक्षिणपन्थी सांसद्हरुले ईयुको एकाधिकारबाट पूर्ण रुपमा मुक्त हुन ईयुसँग कुनै सम्झौताबेगर बाहिरिनुपर्नेमा जोड दिँदै आएका छन् ।

यसअघि गत जनवरीमा पनि मेले संसदमा ईयुबाट बाहिरिने विषयमा ईयुसँग गर्ने सम्झौताका विषयमा प्रस्तुत गरेको प्रस्ताव २ सय २ का विरुद्ध ४ सय ३२ मत अर्थात् २ सय ३० मतको अन्तरले असफल भएको थियो ।

बेलायत युरोपेली युनियनसँग बाहिरिने मिति आगामी मार्च २९ मा सकिँदैछ । तर, अझैपनि ईयुबाट बाहिरिँदा ईयुसँग गरिने सम्झौताका विषयमा बेलायती संसदले कुनै पनि प्रस्ताव पारित गर्न सकेको छैन ।

यस्तो अवस्थामा बेलायत ईयुबाट बाहिरिने मिति २९ मार्चबाट केही महिना बढाउनुपर्ने आवाज पनि उठिरहेको बताइन्छ । त्यसका लागि भने शुक्रबार संसदमा मतदान हुनेछ । तर, बेलायत एक्लैले उक्त म्याद बढाएर मात्र नपुग्ने र यसका लागि ईयुका अरु सबै २७ प्रतिनिधि मुलुकले पनि त्यसलाई सदर गर्नुपर्ने प्रावधान छ । यस्तो अवस्थामा त्यो तत्काल संभव नहुने बुझिएको छ ।

ईयुबाट बाहिरिने विषयमा सरकारको प्रस्ताव पटक–पटक असफल हुँदै आएको तथा बेलायत ईयुबाट बाहिरिने मिति नजिकिँदै गइरहेका बेला बेलायतमा राजनीतिक संकट उत्पन्न हुनसक्ने चिन्ता शुरु भएको छ ।

यता विपक्षी पार्टी लेबरले भने संसदमा सरकारको प्रस्ताव असफल भएपछि बेलायत ईयुबाट बाहिरिने विषयमा ईयुसँग कुनै चित्तबुझ्दो सम्झौता गर्न नसकेका कारण प्रधानमन्त्री मेले तत्काल राजीनामा दिई आम निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेको छ ।

यसैबीच बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयको प्रस्तावमा भएको मतदानमा पराजित भएपछि बेलायतको मन्त्रिपरिषदमा नै विभाजन आएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री मेको प्रस्ताव पटक–पटक असफल भएकाले बेलायत ईयुबाट बाहिरिने विषयमा अब उनले नयाँ बाटो पहिल्याउनुपर्नेमा केही मन्त्रीहरुले दबाब दिइरहेको बीबीसीले उल्लेख गरेको छ ।

केही मन्त्रीहरुले भने अब बेलायत ईयुसँग कुनै सम्झौता नै नगरी बाहिरिनुपर्नेमा मेलाई दबाब दिइरहेको बताइएको छ भने अन्य केहीले भने बेलायत ईयुबाट बाहिरिने वा नबाहिरिने विषयमा दोश्रो जनमत सङ्ग्रह गर्नुपर्ने बताइरहेका बीबीसीले जनाएको छ ।

केही दिन अघिमात्र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनले बेलायत ईयुबाट बाहिरिने वा नबाहिरिने विषयमा दोश्रो जनमत सङ्ग्रह गर्न लेबर पार्टी खुला रहेको जनाएका थिए ।

सन् २०१६ मा बेलायत युरोपेली युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमत सङ्ग्रहमा बेलायतभर ईयुबाट बाहिरिने विषयमा बहुमत आएपनि स्कटल्याण्डमा भने बेलायत ईयुबाट बाहिरिन नहुने पक्षमा बहुमत आएको थियो । यसक्रममा स्कटल्याण्डमा राम्रो प्रभाव रहेको स्कटिश नेशनल पार्टी एसएनपीले पनि दोश्रो जनमत सङ्ग्रहको माग गर्दै आएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ०५ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै