आधुनिक प्रविधिबाट कृषिमा समृद्धि खोजिने | Khabarhub Khabarhub

आधुनिक प्रविधिबाट कृषिमा समृद्धि खोजिने


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोग गरिने बताएका छन् ।

नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलले आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री घिमिरेले कृषि, पर्यटन, जलविद्युत र उद्योगका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न अल्प, मध्य र दीर्घकालीन सोचले कार्य गरेमा मुलुकको समृद्धि कायम हुने बताए ।

प्रदेश सचिव केदार न्यौपानेले विश्वविद्यालय र विद्यालयले दिने शिक्षा सीपमूलक भएमा मात्र त्यो सार्थक हुने विश्वास व्यक्त गरे। कार्यदलका संयोजक डा रुद्र सुवालले अहिले मुलुकमा भएका र आगामी २५ वर्षसम्म के–कस्तो जनशक्ति मुलुकलाई आवश्यक छ त्यस सम्बन्धमा आवश्यक सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गरे ।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लक्षमले कृषि, उद्योग, सेवा र राष्ट्रको आवश्यक्ताको आधारमा जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए । एकदिने अन्तरक्रिया कार्यक्रममा प्रदेश स्थानीय निकायका प्रमुख, उपप्रमुख, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : ०१ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा