‘काम नजान्ने’ युवालाई वैदेशिक रोजगारीमा पठाउँदै सरकार ! | Khabarhub Khabarhub

‘काम नजान्ने’ युवालाई वैदेशिक रोजगारीमा पठाउँदै सरकार !


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जाने युवामध्ये ७६ प्रतिशत अदक्ष (काममा दक्ष नभएका) हुने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक अध्ययनले देखाएको छ ।

देशमा रोजगारीको अवसर नपाएपछि वैदेशिक रोजगारी नेपाली युवाका लागि अहिले बाध्यता जस्तै भएको छ ।

सरकारले अगामी ५ वर्षभित्र वाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएपनि कामको खोजीमा मासिक ४० हजारभन्दा धेरै युवा विभिन्न देश पुग्ने गरेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । जसमध्ये नयाँ श्रम स्वीकृति लिएर रोजगारीको खोजीमा विदेशीने कामदार अदक्ष नै हुने गरेका छन् ।

सरकारले समयमा देश भित्र रोजगारका अवसर र पुनर्निर्माण लगायतका क्षेत्रमा युवा परिचालन गर्न नसक्दा आर्थिक वृद्धिदर र रोजगारी सिर्जनामा चुकेको छ

स्वदेशमा राम्रो रोजगारको अवसर नपाउँदा रोजगारको खोजीमा भारत बाहेकका देशमा वार्षिक ६ लाखभन्दा बढी युवा जाने गरेका छन् ।

औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीका लागि विदेशिने करिब साढे ५३ लाख जनशक्तिमध्ये दक्ष २.५ प्रतिशत, अर्धदक्ष २१.५ प्रतिशत र अदक्ष ७५ प्रतिशत रहेको मन्त्रालयको अध्ययनमा उल्लेख गरिएको छ । ७५ प्रतिशत अदक्ष कामदार लेवर भिसामा जाने गरेका छन् ।

दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा अपेक्षित वृद्धि गर्न नक्दा सरकारले ठूलो क्षति व्योहिरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल स्वीकार गर्छन् ।

‘अब हामीले दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै अवसर निर्माण गर्न केन्द्रीत भएका काम गर्नुपर्छ । युवालाई स्वदेशमै स्वरोजगार बनाउने सीपमूलक तालिम दिएर विदेशिनबाट रोक्नुपर्छ । वैदेशिक रोजगारीमा जान चाहने युवालाई पनि तालिम दिएर मात्र पठाउनुपर्छ भन्ने श्रम मन्त्रालयको मान्यता छ’ उनले भने, ‘स्वदेशको रोजगारीबाट वञ्चित हुदाँ धेरै युवा रोजगारीका खोजीमा विदेशिने गरेका छन् । यो विषयमा मन्त्रालय गम्भीर भएका काम गरिरहेको छ । मन्त्रालयले वार्षिक १ लाखभन्दा धेरै युवालाई देशभित्र रोजगार दिलाउने लक्ष्यका साथ काम गरिरहेको छ ।’

सरकारले तीन दशकदेखि अदक्ष श्रमिक वैदेशिक रोजगारीमा आपूर्ति गदै आएको छ ।

रोजगारीको खोजीमा वार्षिक ५ लाखको हारहारीमा युवाशाक्ति आन्तरिक श्रम बजारमा प्रवेश गर्ने गरेका छन् भने ६ लाखभन्दा बढी रोजगारीको खोजीमा विदेशी श्रम बजारमा जाने गरेको विभागको तंथ्याकमा उल्लेख छ ।

तीन वर्षअघिको विनाशकारी भूकम्पले कृषि तथा औद्योगिक क्षेत्रमा पुर्‍याएको क्षतिका कारण सो क्षेत्रमा कार्यरत कामदारसमेत रोजगारीबाट वञ्चित भएको उद्योग मन्त्रालयको सर्वेक्षणले औल्याएको छ ।

वैदेशिक रोजगारमा कार्यरत कामदारबाट वाार्षिक रुपमा ७ खर्ब रेमिट्यान्स भित्रिने गरेको छ । करिब ३३ लाख घरपरिवार रेमिट्यान्सबाट लाभान्वित छन्

सरकारले समयमा देश भित्र रोजगारका अवसर र पुनर्निर्माण लगायतका क्षेत्रमा युवा परिचालन गर्न नसक्दा आर्थिक वृद्धिदर र रोजगारी सिर्जनामा चुकेको वैदेशिक रोजगारविज्ञ मधुविशाल पण्डितले बताएका छन् ।

उनी भन्छन् , ‘सरकारले रोजगारीको खोजीमा जाने कामदारको लेखाजेखा मात्र गर्‍यो । तर, सरकारले यति धेरै अदक्ष जनशाक्ति बाहिरिँदा पनि दक्ष बनाएर रोजगारीमा पठाउनतिर ध्यान दिएन ।’

वैदेशिक रोजगारीबाट फर्किएर पुनः श्रम स्वीकृति लिएर जाने कामदार पनि अदक्ष भिसामा नै जाने गरेका छन् ।

आर्थिक वर्ष २०६३/६४ यता धेरै युवा शक्ति वैदेशिक रोजगारीको खोजीमा विदेशिएका छन् । आव २०७५/७६ को ७ महिनामा श्रम स्वीकृति लिई करिब १ लखा युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । उल्लेखित तथ्यांकअनुसार स्वीकृति लिई जाने कामदारको संख्या गत वर्षको तुलनामा घट्दो रहेको विभागले जानकारी दिएको छ ।

५७ प्रतिशत घरधुरी वैदेशिक रोजगारीमा संलग्न 

नेपालबाट ५७ प्रतिशत घरधुरीका परिवार वैदेशिक रोजगारमा संलग्न भएको सरकारी अध्ययन नै देखाउदै आएका छन् । वैदेशिक रोजगारमा कार्यरत कामदारबाट वाार्षिक रुपमा ७ खर्ब रेमिट्यान्स भित्रिने गरेको छ । करिब ३३ लाख घरपरिवार रेमिट्यान्सबाट लाभान्वित रहेको श्रम मन्त्रालयको एक अध्ययनमा उल्लेख गरिएको छ । जसका आधारमा हेर्न हो भने पनि विदेशिने नेपाली ७५ प्रतिशतभन्दा धेरै वैदेशिक रोजगारीमा संलग्न रहेको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयको अध्ययन अनुसार एक घरका ४ जनासम्म रोजगारका लागि विदेशिएको औल्याएको छ । पछिल्लो समय युवाहरूको पनि विदेश मोह बढदै गएको पाइन्छ । अहिले विदेशिने जनशक्तिमा शिक्षित युवा बढीरहेका छन् । कोरिया, इजरायल, मलेसिया, कतार, युएई, साउदी, युरोपका देश र अफ्रिका नेपालको रोजगार गन्तव्य देशभित्र पर्छन् । गएका केही वर्षदेखि यूरोपमा पनि रोजगारीको खोजीमा शिक्षित युवा जाने क्रम बढेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : १० बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ