अब पूर्ण रुपमा नेपालमै बनेको मोटरसाइकल चढ्न पाइने ! | Khabarhub Khabarhub

अब पूर्ण रुपमा नेपालमै बनेको मोटरसाइकल चढ्न पाइने !


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा उद्यमीहरुको प्रयासमा पहिलोपटक पूर्ण रुपमा नेपालमै निर्मित मोटरसाइकल सडकमा देख्न पाइने भएको छ ।

नेपाली युवा उद्यमीहरुको स्टार्टअप कम्पनी ‘यात्री’ले आफ्नो ‘प्रोजेक्ट जीरो’अन्तर्गत विद्युतीय मोटरसाइकल सडकमा उतार्न लागेको हो ।

यात्रीले उक्त मोटरसाइकल १९ डिसेम्बर (३ पुस)मा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

यात्रीले आफ्नो आधिकारिक वेवसाइट र ट्वीटर ह्यान्डिलमा डिसेम्बर १९ मा ‘सोकेस’का रुपमा ‘प्रिमियम इलेक्ट्रिक मोटरसाइकल’ सार्वजनिक हुने जनाएको छ ।

सन् २०१७ मा काठमाडौंमा स्थापना भएको यो कम्पनीले सन् २०१८ देखि प्रोजेक्ट जीरोअन्तर्गत इलेक्ट्रिक मोटरसाइकल बनाउने परियोजना शुरु गरेको थियो ।

कम्पनीले १९ डिसेम्बरमा लञ्च हुने मोटरसाइकलका विशेषताबारे भने केही उल्लेख गरेको छैन ।

यद्यपि, कम्पनीले आफ्नो ट्वीटर ह्यान्डमा उक्त मोटरसाइकलका केही स्केच, प्रोटोटाइप र भिडियोहरु भने सार्वजनिक गरेको छ । ट्वीटरमा सार्वजनिक गरिएको प्रोटोटाइपमा यात्रीले क्याफे रेसर डिजाइनमा उक्त मोटरसाइकल तयार गरेको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ३१ बजे

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।