अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ | Khabarhub Khabarhub

अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बोल्न नसक्ने (अपाङ्ग) महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ घर भएका ४५ वर्षीय जेठा मोक्तान भनिने जयबहादुर मोक्तान छन् ।

प्रहरीका अनुसार जयबहादुरले ४८ वर्षीया अपाङ्ग महिलालाई उनकै घर नजिकको आँप घारीमा लगेर बलात्कार गरेका थिए ।

जयबहादुर अपाङ्ग महिलालाई बलात्कार गरिरहेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले जयबहादुरलाई बिहीबार साँझ उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका जयबहादुरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : ४१ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म