हजारौं वर्ष अघि कलियुगबारे भनिएको थियो यस्तो, अहिले भइरहेको छ सत्य (श्लोकसहित) « Khabarhub
Logo
११ मंसिर २०७७, बिहीबार

हजारौं वर्ष अघि कलियुगबारे भनिएको थियो यस्तो, अहिले भइरहेको छ सत्य (श्लोकसहित)



भागवत पुराणमा अनेक स्थानमा कलियुग को लक्षण बारे वर्णन गरिएको पाउन सकिन्छ । हजारौं वर्ष अघि लेखिएको श्रीमद्भागवत महापुराणमा गरिएको वर्णन अहिलेको युगमा मिलिरहेको छ ।

कलियुगमा कसरी मनुष्य उद्दार होला ? श्रीमद्भागवत महापुराण द्वादश स्कन्ध अध्याय २ श्रीशुकदेवजीले विस्तार सँग कलियुग का लक्षणबारे परीक्षितलाई बताएका छन् । उनले कलियुग को लक्षण यस प्रकार बताएका छन् –

कलियुग मा धर्म, सत्य, पवित्रता को अवस्था

श्रीशुक उवाच
ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया।
कालेन बलिना राजन्नङ्क्ष्यत्यायुर्बलं स्मृतिः॥१॥
वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः।
धर्मन्यायव्यवस्थायां कारणं बलमेव हि॥२॥
– भागवत पुराण १२.२.१-२

भावार्थः – श्रीशुकदेव जी भन्छन्- परीक्षित ! समय निकै बलबान छ । जब जब घोर कलियुग आउँछ, त्यो-त्यो उत्तरोत्तर धर्म, सत्य, पवित्रता, क्षमा, दया, आयु, बल र स्मरण शक्ति को लोप हुँदै जान्छ । कलियुग मा जोसँग धन हुनेछ, उसैलाई मानिसले कुलीन, सदाचारी र सद्गुणी मान्नेछन् । जसको हातमा शक्ति हुनेछ त्यही धर्म र न्याय को व्यवस्था आफ्नो अनुकूल बनाउन सक्नेछ ।

कलियुगमा विवाह-सम्बन्ध

दाम्पत्येऽभिरुचिर्हेतुर्मायैव व्यावहारिके।
स्त्रीत्वे पुंस्त्वे च हि रतिर्विप्रत्वे सूत्रमेव हि॥३॥
– भागवत पुराण १२.२.३

भावार्थः – विवाह-सम्बन्धका लागि कुल-शील-योग्यता आदिको वेवास्ता हुनेछ । युवक-युवती को पारस्परिक रुचिबाट नै सम्बन्ध बन्नेछ । व्यवहार को निपुणता वास्तविकता र ईमानदारीता मा हुने छैन । जसले जति छल-कपट गर्न सक्छ उ त्यति नै व्यवहारकुशल मानिनेछ । स्त्री र पुरुष को श्रेष्ठता को आधार उनीहरुको शील-संयम नभएर केवल रतिकौशल(यौन कौशल) हुनेछ । ब्राह्मण को पहिचान उसको गुण-स्वभावबाट होइन यज्ञोपवीत (जनै) बाट हुनेछ ।

कलियुगमा ब्रम्हचारी, संन्यासी आदि आश्रमिको पहिचना तथा घूस खोरीको अवस्थाबारे

लिङ्गं एवाश्रमख्यातावन्योन्यापत्तिकारणम्।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः॥४॥
– भागवत पुराण १२.२.४

भावार्थः – वस्त्र, दण्ड-कमण्डलु आदि बाट मात्र ब्रह्मचारी, संन्यासी आदि आश्रमिहरुको पहिचान हुनेछ र एक-अर्काको चिह्न स्वीकार गर्नु नै एकबाट अर्को आश्रममा प्रवेशको स्वरूप हुनेछ । जो घूस दिन र धन खर्च गर्न असमर्थ हुनेछ उसले अदालतमा ठीक-ठीक न्याय पाउने छैन । जो बोलचालमा जित चलाख हुनेछ उसलाई त्यति नै ठूलो पण्डित अर्थात विद्वान मानिनेछ ।

कलियुगमा अशिष्टता, पाखण्ड, फेशन र विवाहबारे

अनाढ्यतैवासाधुत्वे साधुत्वे दम्भ एव तु।
स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम्॥५॥
– भागवत पुराण १२.२.५

भावार्थः – अशिष्टताको दोषी हुने एक मात्र पहिचान गरीबी हुनेछ । जसले जतिधेरै दम्भ-पाखण्ड गर्न सक्नेछ, उसलाई त्यतिनै धेरै ठूलो साधु सम्झिइने छ । विवाहका लागि एक-अर्काको स्वीकृति मात्र पर्याप्त हुनेछ, शास्त्रीय विधि-विधान, संस्कार आदिको वेवास्ता हुनेछ । कपाल मिलाउनु र कपडा उतार्नुलााई नै स्नान मानिनेछ ।

कलियुगमा मानिस र तीर्थको अवस्था

दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम्।
उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि॥६॥
– भागवत पुराण १२.२.६

भावार्थः – मानिसले टाढाको तलाउनलाई तीर्थ मान्नेछन् र नजिकको तीर्थ तलाउ, गाई, माता-पिता आदि को उपेक्षा गर्नेछन् । टाउकोमा लामोलामो कपाल राख्नुनै शारीरिक सौन्दर्य को चिह्न बुझिनेछ । जीवनको सबैभन्दा ठूलो पुरुषार्थ हुनेछ– आफ्नु पेट पाल्नु । जसले जति चेपारो लगाएर कुरा गर्छन् उनीहरुलाई त्यति नै सत्य मानिनेछ ।

कलियुगमा योग्यता चतुर्यता, राजा-प्रजा को अवस्था र खान–पान

दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम्।
एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले॥७॥
ब्रह्मविट्क्षत्रशूद्राणां यो बली भविता नृपः।
प्रजा हि लुब्धै राजन्यैः निर्घृणैः दस्युधर्मभिः॥८॥
आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम्।
शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः॥९॥
– भागवत पुराण १२.२.७-९

भावार्थः – योग्यता चतुरताको सबैभन्दा ठूलो लक्षण यो हुनेछ कि मानिस आफ्ना कुटुम्ब को पालन गरुन् । धर्मको सेवन यशका लागि हुनेछ । यस प्रकार जब सारा पृथ्वी माथि दुष्टको बोलवाला हुनेछ । तब राजा हुने कुनै नियम हुने छैन । ब्राह्मण, क्षत्रि, वैश्य अथवा शूद्रमा जो बलियो हुनेछ त्यो राजा बन्नेछ । त्यस समयको नीच राजा अत्यन्त निर्दय एवं क्रूर हुनेछ । लोभी त यति धेरै हुनेछन् कि उसमा र लुटेरामा कुनै फरक हुनेछैन । उसले प्रजा को सम्पत्ती एवं पत्नी समेत खोस्न पछि पर्दैन । राजसँग डराएर प्रजा वा जनता पहाड र जंगलमा भाग जानेछन् । त्यस समय प्रजा विभिन्न शाग, कन्द-मूल, मासु, मधु, फल-फूल आदी खाएर पेट पाल्नेछन् ।

कलियुगमा मौसम, रोग र जीवनको अवस्था

अनावृष्ट्या विनङ्‌क्ष्यन्ति दुर्भिक्षकरपीडिताः।
शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः॥१०॥
क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया।
त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्॥११॥
– भागवत पुराण १२.२.१०-११

भावार्थः – कहिले वर्षा न हुने -सूखा हुने हुन्छ । कहिले निकै जाडो हुनेछ त कहिले आँधी चल्नेछ । यी उत्पातसँग तथा आपसको संघर्षबाट प्रजा अत्यन्त पीडित हुनेछन् । मानिहरु भोक प्यास र अरु विभिन्न चिन्ताका कारण दुखि हुनेछन् । रोगबाट मानिसहरुले छुटकारा पाउने छैनन् ।
कलियुगमा मानिसको आयु घट्छ । मनुष्यको औषत आयु केवल बीस या तीस वर्ष हुनेछ ।

कलियुगमा मनुष्यको शरीर, वर्ण र आश्रम तथा धर्मको अवस्था

क्षीयमाणेषु देहेषु देहिनां कलिदोषतः।
वर्णाश्रमवतां धर्मे नष्टे वेदपथे नृणाम्॥१२॥
पाषण्डप्रचुरे धर्मे दस्युप्रायेषु राजसु।
चौर्यानृतवृथाहिंसा नानावृत्तिषु वै नृषु॥१३॥
शूद्रप्रायेषु वर्णेषु च्छागप्रायासु धेनुषु।
गृहप्रायेष्वाश्रमेषु यौनप्रायेषु बन्धुषु॥१४॥
– भागवत पुराण १२.२.१२-१४

भावार्थः – परीक्षित ! कलिकाको दोषबाट प्राणिको शरीर साना साना, क्षीण र रोगग्रस्त हुन थाल्नेछन्। वर्ण र आश्रमको धर्म बताउने वाला वेद-आर्ग नष्ट प्राय हुनेछ । धर्ममा पाखण्डी पन मुख्य हुनेछ । राजा महाराज डाकू-लुटेरा समान हुनेछन् । मनुष्य चोरी, झूठ तथा निरपराध हिंसा आदि विभिन्न प्रकारका कुकर्मोंबाट जीविका चलाउन थाल्छन् ।

चार वर्णका मानिस शूद्र समान हुनेछन् । गाई बाख्रा जस्ता साना साना र कम दुध दिन थाल्नेछन् । वानप्रस्थी र संन्यासी आदि विरक्त आश्रम वालाहरु पनि घर-गृहस्थी जुटाएर गृहस्थीमा लाग्नेछन् र व्यापार व्यवसाय गर्नेछन् । जो सँग विवाहित सम्बन्ध हुनेछ उनीहरुलाई नै आफ्नो सम्बन्धी मानिनेछ।

कलियुगमा उत्पादन, ऋतु, जनसंख्या र मनुष्यको स्वभाव
अणुप्रायास्वोषधीषु शमीप्रायेषु स्थास्नुषु।
विद्युत्प्रायेषु मेघेषु शून्यप्रायेषु सद्मसु॥१५॥
इत्थं कलौ गतप्राये जनेतु खरधर्मिणि।
– भागवत पुराण १२.२.१५-१६

भावार्थः – धान, जौ, गहूँ आदि अन्नको बोटो सानो वा होचो होचो हुन थाल्नेछ । रुख अधिकांश शमी समान होचा र काँडा युक्त वृक्ष हुनेछन् । बादलमा बिजुली बहुत चमकिनेछ । तर वर्षा कम हुनेछ ।

गृहस्थका घरमा अतिथि-सत्कार या वेदध्वनिबाट रहित हुने कारण अथवा जनसंख्या घट्ने कारण सुनसान हुनेछ । परीक्षित ! धेरै के भन्नु कलियुगको अन्त्य हुने समय मनुष्यको स्वभाव गधाको जस्तै हुनेछ । मानिसहरु गृहस्थको बोजले थिचिनेछन् ।

ध्यान दिनुहोस्, श्रीशुकदेवजीले कलियुग का सम्बन्ध जे भनेका थिए त्यो वेद विज्ञान हो । जब श्रीशुकदेवजी ने पहिलो पटक कलियुगका बारेमा भने तब उनले धर्म को पतन हुने कुरा बताए । त्यसपछि उनले क्रमश धर्म पतन हुनाले के हुने छ त्यसलाई बताएका छन् ।

– जब धर्म को पतन हुनेछ तब मानिसको पतन हुनेछ । मानिसका कारण राजा-प्रजा को अवस्था र खान-पान पनी सही हुनेछैन । यी सबै कारणले मौसम, रोगों र जीवनमाथि सारै नराम्रो प्रभाव पर्छ । जसका कारण मानिसको शरीर खाद्यान्न, ऋतु, जनसंख्याको अवस्था पनि कमजोर र खराव हुनेछ । त्यसैले अहिले कलियुगमा जे भइरहेको छ यो सबै धर्मको पतनका कारण भइरहेको छ । यसकारण श्रीशुकदेवजीले सबैभन्दा पहिला कलियुगमा धर्मको को पालन र पतनका बारेमा बताएका छन् र जति धर्मको पतन हुन्छ त्यतिनै शुकदेवजीले कलियुगका बारेमा भनेका यी सबै कुरा पूरा हुँदै जानेछ ।

शुकदेव महाभारत कालका मुनि थिए । उनी वेदव्यासका पुत्र थिए । शुकदेव बाल्यकालदेखि नै ज्ञान प्राप्तिका लागि वनमा गएका थिए । यिनले नै राजा परीक्षितलाई इन्होने ही श्रीमद्भागवत पुराण सुनाएका थिए ।

परीक्षित अर्जुनका नाति तथा अभिमन्यु र उत्तराका छोरा हुन् । उनी जन्मने बित्तिकै जीवन मरणको परीक्षा दिएकाले व्यास ऋषिद्वारा उनको नाम परिक्षित रह्यो । पाण्डव उत्तराखण्ड जानुअघि युधिष्ठिरका उत्तराधिकारीका रूपमा हस्तिनापुरको राजगद्दीमा बस्ने यिनै हुन् । सात दिनमा मर्नु पर्ने ऋषि-श्रापका कारण तक्षक नाम गरेको सर्पले डसेर यिनको मृत्यु भएको थियो । त्यही सात दिनको अवधिमा शुकदेवबाट यिनले श्रीमद्भागवत पुराण सुनेका थिए । भनिन्छ यिनकै राज्यकालदेखि कलियुग प्रारम्भ भएको हो ।


भर्खर

0