बेलायती आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीलाई ‘ऐतिहासिक’ बहुमत | Khabarhub Khabarhub

बेलायती आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीलाई ‘ऐतिहासिक’ बहुमत


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ ।

६५० सीट रहेको संसदमा पार्टीलाई बहुमतका लागि ३२६ सीटको आवश्यकता पर्छ । उसको खतामा ३६४ सीट आएको छ । गत वर्षको भन्दा उसलाई ४७ सीट फाइदा भएको छ ।

प्रतिपक्षी दल लेबर पार्टीले भने २ सय ३ सिटमा जीत हासिल गरेको छ ।

कन्जर्भेटिभ पार्टीले पछिल्लो ३२ वर्ष यताकै सबैभन्दा धेरै सिट हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आम निर्वाचनको परिणामअनुसार प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई युरोपियन युनियन (ईयू)बाट अलग पार्न जनताको स्पष्ट अनुमति पाएका विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री जोन्सनले अक्टोबर ३१ सम्म बेलायतलाई ईयूबाट पार्ने बाचा गरेका थिए । तर, उनको प्रस्ताव संसदबाट अस्वीकृत भएपछि आम निर्वाचनको घोषणा भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : ०८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०