आकर्षक विज्ञापनले ठगिँदै विदेश जाने युवा | Khabarhub Khabarhub

आकर्षक विज्ञापनले ठगिँदै विदेश जाने युवा


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–देशभित्र रोजगारीको अवसर नहुँदा कामको खोजीमा वार्षिक साढे ५ लाख युवा वैदेशिक रोजगारीमा जान्छन् ।

वैदेशिक रोजगारीमा जानका लागि दैनिक ठुलो संख्यामा युवा युवती म्यानपावर र एजेन्टको सर्म्पकमा पुग्छन् । यसरी वैदेशिक रोजगारीमा जान खोज्ने क्रममा एजेन्ट र म्यानपावरको सर्म्पकमा पुग्दाँ धेरै युवा युवती ठगिने गरेका छन् ।

पछिल्लो समय भारत हुँदै युरोपका देश र अफ्रिकाको रोजगारीमा जान्न खोज्दा ठुलो आर्थिक ठगी हुने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

धनकुटाका विष्णु नेपाली ३ वर्ष कतारको एक सेक्युरिटी कम्पनीमा रोजगारी गरेर स्वदेश फर्किए । विदेशबाट फर्किएपछि दुई वर्ष घरमै खेतीपती गरेर बसे । कृषिको कमाईले परिवार पाल्न धौ धौ हुन थालेपछि पुनः विदेश जाने सोच बनाए ।

‘इटहरीका एजेन्ट राज केसीले बेस्ट सभिर्ज प्रालिमा टर्कीको राम्रो डिमान्ड आएको छ भनेपछि राहदानी र १ लाख ५० हजार रुपैयाँ बुझाएँ’ उनले भने, ‘६ महिना एक हप्ता भन्दै म्यानपावर झुलायो । विदेशको चक्करमा साहुसँग लिएको ऋण र राहदानीसमेत गुम्यो । न त विदेश जान पाइयो, न पैसा र राहदानी हातमा छ ।’

विदेशको चक्करले पैसा र राहदानी दुवै स्वाहा भएको आफ्नो दुःख वैदेशिक रोजगार विभागको उजुरी शाखाका कर्मचारीलाई उनले सुनाइरहेका थिए । उनीसँग अन्य ४ जना युवापनि टर्की रोजगारीमा पठाइदिन्छु भनेर म्यानपावरले ठगी गरेको समस्या लिएर विभागमा आएका थिए ।

युएईमा सुरक्षा गार्डको रोजगारमा पठाइदिने भनेर पब्लिक एचआर म्यानपावरमा पाल्पाका राजु नेपालले राहदानी १ लाख २० हजार पैसा बुझाएको बताए । यो म्यानपावरले एक महिनापछि यूएई क्रुज सेक्युरेटी गार्डमा पठाइदिने आश्वासन दिएको थियो ।

तर, ५ महिनासम्म नपठाएपछि राहदानी र पैसा फिर्ता माग्न जादाँ उल्टै हप्काएको नेपालले बताए । केही नलागेपछि राहदानी र पैसा फिर्ताका लागि उजुरी गर्न विभाग पुगेको उनले बताए ।

यस्तै, विकास बिकले पनि एसएस म्यानपावर प्रालिबाट कुवेत जान २ लाख र राहदानी बुझाएको बताए । बिकलाई यो म्यानपावरले १ वर्षसम्म रोजगारीका लागि नपठाइ राहधानी र पैसा मात्र लिएको थियो ।

विभागमा भेटिएका नेपाल, नेपाली र विक प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्ता धेरै युवाको राहदानी र पैसा लिएपछि म्यानपावर कम्पनी तथा एजेन्टले फिर्ता गरेका छैनन् ।

विभागमा मासिक ३ सयभन्दा धेरै राहदानी र पैसा म्यानपावर तथा एजेन्टले खाइदिएको गुनासोसहितका उजुरी आउने गरेका छन् ।

विदेश जान आवेदन दिएका धेरै व्यक्तिको राहदानी म्यानपावर कम्पनीले फिर्ता गर्न नमान्ने भएकाले पीडितहरु न्याय खोज्दै विभागसम्म आउने गरेका छन् ।

एजेन्टको विश्वासमा काम गर्दा धेरै युवायुवती पीडित हुने गरेको विभागका प्रवक्ता भोला गुरागाँईले बताए । उनले भने, विभागमा आएका उजुरीलाई सहज तरिकाले समाधान गर्ने प्रयास गरिरहेका छौं । म्यानपावरका नाममा परेको उजुरी सजिलो गरी सावधान हुन्छ तर, व्यक्तिले गर्ने ठगीमा भने समस्या भइरहेको छ ।’

कुनै माग देखाएर कुनै सस्था र एजेन्टले प्रलोभन देखाए श्रम मन्त्रालयको वेबसाइटमा गएर परीक्षण उनले रोजगारीको खोजीमा रहेका युवालाई आह्वान गरेका छन् । सरकारले दिने सूचनामा रोजगारीको खोजीमा रहेका युवाले विश्वास नगर्दा उनीहरु फस्ने गरेको प्रवक्ता गुरागाँईले बताए ।

प्रलोभनले ठगीको सिकार

वैदेशिक रोजगारीका नाममा सबैभन्दा बढी युवा युवतीहरू नै पीडित भइरहेको विभागमा परेको उजुरीबाट प्रष्ट हुन्छ । राम्रो रोजगारी पाइने भनेपछि केही नबुझी म्यानपावर र एजेन्टकोपछि दौडिँदा धेरैले दुःख पाइरहेको विभागका सूचना अधिकारी गुरागाँईको बुझाइ छ ।

वैदेशिक रोजगारी क्षेत्र कामको खोजीमा रहेका युवायुवती नै अरुको प्रलोभनमा परेर फस्ने गरेको विभागका सूचना अधिकारी गुरागाँईले बताए ।

उनले भने, ‘यो विकृति हेर्दा सुधार्न समय लाग्ने देखिन्छ । विगतका वर्षमा भन्दा केही सुधारका काम भइरहेको छ । सबैभन्दा ठूलो कमजोरी भनेको रोजगारीमा जाने कामदारकै देखिएको छ । अर्काले जे भन्यो, त्यसको भरमा पछि लाग्दा धेरै समस्यामा पर्ने गरेका छन् । वार्षिक रूपमा राहदानी र पैसा फिर्ताका लागि धेरै उजुरी आउँछन् ।’

सामाजिक सञ्जालको विज्ञापनले ठगी

एजेन्टहरुले देखाएको प्रलोभन युवाले पत्याउँदा समस्या आउने गरेको छ । त्यसमा पनि सामाजिक सञ्जाल आकर्षक रुपमा गरिएका विज्ञानपनले पनि सर्वसाधारण दलालहरूले आकाश पातल जोडेर, बढाइचढाइ गरेर, हुँदै नभएको कामको विज्ञापन सामाजिक सञ्जालमा गर्ने क्रम बढेको छ ।

आकर्षण र मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझा साझालाई ठग्ने सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । फेसबुक, भाइवर, म्यासेन्जरलगायत अन्य स्रोतमार्फत रोजगारीका विज्ञापन ठगी भइरहेको छ । सामाजिक सञ्जालमार्फत ठगिएका वार्षिक २ सयभन्दा धेरै पीडित समस्या लिएर आउने गरेको अपराध प्रहरीले महाशाखाले जानकारी दिएको छ ।

विदेशमा बसेर नेपालमा एजेन्ट प्रयोग गरेर सामाजिक सञ्जालमार्फत ठग्न गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ । रोजगारीका नाममा पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर ठगी गर्ने क्रम बढेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : ५८ बजे

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत