भूतमेला हेर्नेको भीड | Khabarhub Khabarhub

भूतमेला हेर्नेको भीड


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– कमला नदीको किनारामा लागेको भूत मेला हेर्नेको भीड बेढेको छ ।

सिरहा र धनुषाको सिमानामा पर्ने कमलानदीमा भएको भूत मेला अवलोकान गर्ने दर्शनार्थीहरुको भीड लागेको हो।

टुनामूना र तान्त्रिक विधासंग जोडिएको मेलामा सिरहा, धनुषा, सप्तरी, सर्लाही, बारा, पर्सा लगायत छिमेकी मुलुक भारतका दर्शनार्थीसमेत आएका छन् ।

परापूूर्वकालदेखि कार्तिक पुर्णिमाको दिन कमला र उत्तरायणी नदीमा स्नान गर्दा तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । सोही अनुरुप कमला नदीमा भूत मेलाको आयोजना गरिएको हो ।

सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भव्य भूतमेला लाग्ने गर्छ । सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गरेका छन् ।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय बताउछन् । भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०