‘बुलबुल’का चोपेन्द्रले 'अन्तरे' खेल्ने | Khabarhub Khabarhub

‘बुलबुल’का चोपेन्द्रले ‘अन्तरे’ खेल्ने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘बुलबुल’ फिल्ममा चोपेन्द्रको भूमिका निभाएर चर्चामा आएका मुकुन भुसालले फिल्म ‘अन्तरे’ मा अभिनय गर्ने भएका छन् । फिल्मलाई सत्यराज चौलागाई‌ंले निर्देशन गर्दैछन् ।

फिल्ममा अन्तरेको भूमिका अभिनेता मुकुन भुसालले निभाउनेछन् । निर्माण टिमका अनुसार फिल्ममा यस्तै कथा चाहिएकाले मुकुनलाई फाइनल गरिएको हो । यता मुकुनले पनि यो फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए ।

‘मैले जे खोजेको थिएँ, यो फिल्ममा त्यही पाएँ’ अभिनेता मुकुन भुसालले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ, स्क्रिप्टमा जे लेखिएको छ पूरै चलचित्रमा देखाउन सकिने गरी लेखिएको छ ।’

निर्देशक चौलागाईंका अनुसार फिल्ममा चरित्र बुझाउन सक्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको छ ।

यो फिल्म रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुनेछ । यस्तै फिल्ममा राज पण्डित र सुबास राईले लगानी रहनेछ । निर्माण टिमका अनुसार फागुनको पहिलो साताबाट फिल्म फ्लोरमा जानेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : १७ बजे

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ