भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्दै डा. गोविन्द केसीले गरे अनसन स्थगित | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्दै डा. गोविन्द केसीले गरे अनसन स्थगित


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ९ दिनदेखि डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको ७ बुँदे माग राख्दै कात्तिक १८ गतेदेखि डडेल्धुरामा अनसन बसेका डा केसीले आज ( मंगलबार) अनसन स्थागित गरेका हुन् ।

डा केसीले डडेल्धुरा अस्पतालमा एकजना बालिकाको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् । डा केसीले नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले आफू पनि स्तब्ध भएको भन्दै  सीमा रक्षाको आन्दोलनमा ऐक्यवद्धता जनाउन तत्काललाई अनसन स्थगित गरेको बताएका छन् ।

‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छु,’ डा केसीले अनसन स्थगित गर्दै भनेका छन् ।

डा केसीले अनसन तोड्दै स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने बताएका छन् । सरकारले हाम्रा माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने डा केसीको भनाइ छ ।

चिकित्सा शिक्षा सुधारको ७ बुँदे माग राख्दै डा गोविन्द केसी कात्तिक १८ गतेदेखि डडेल्धुरामा अनसन बसेका थिए ।

डडेल्धुराको एक निजी आवासमा अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनका सहयोगीहरुले डडेल्धुरा अस्पताल लगेका थिए । डा केसी डडेल्धुरा अस्पतालमै अनसन बसेको अवस्थामा उनको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै डडेल्धुरा अस्पतालले आइतबार विज्ञप्ति समेत निकालेको थियो ।

डडेल्धुरा अस्पतालले डा केसीको मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा कम भएको, मिर्गौलामा समस्या देखिएको र शारीरिक अवस्था समेत कमजोर हुँदै गएको भन्दै अस्पतालमा डा केसीको उपचार सम्भव नभएको जनाएको थियो ।

डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै जिल्ला प्रशासन कार्यलयले डा केसीलाई काठमाडौं ल्याउन गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्व गरी काठमाडौं ल्याउने तयारी गरेको थियो । सोही क्रममा डा केसीले आफ्नो माग पूरा नभएसम्म आफूले अनसन नतोड्ने र डडेल्धुरा नछोड्ने अडान राखेका थिए ।

डा केसी डडेल्धुरामा अनसन बसीरहेको समयमा सोमबार पत्रकार सम्मेलन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. केसी शिक्षाको विषयलाई लिएर अनसन बस्नु असान्दर्भिक रहेको बताएका थिए ।

डा केसीले आज अनसन तोडेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र समेत लेखेका छन् । उनले भारतीय प्रधानमन्त्री मोदी र नेपालस्थित भारतीय दूतावासलाई लेखेको पत्रको व्यहोरा यस्तो छ-

नेपालस्थित भारतीय दूतावासलाई लेखेको पत्र

अनसन तोड्दै डा. केसीले जारी गरेको प्रेस विज्ञप्ति

दुरदारजमा बस्ने विपन्न लगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं। यसै क्रममा सरकारसमक्ष विभिन्न ७ बुँदै माग राखेर यही कार्तिक १७ गतेदेखि सत्याग्रहरत छौं।

यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु।

सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो। सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन। आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ।

आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो। तर सत्तामा हुनेहरुले राष्ट्रियताको वहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन।

त्यसैले अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं। त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन। चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं। तर स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने तथा सरकारले हाम्रा माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने जानकारी पनि गराउँदछौं।

हामीलाई यस सत्याग्रहका क्रममा हृदयदेखि सहयोग गर्ने तथा हाम्रो अभियानसँग जोडिने देशभरका सबै नागरिकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दर्छौं। डडेल्धुरा, बैतडी र डोटीलगायत सुदुरपश्चिमका सबै जिल्लाका आम नागरिक, डडेल्धुरा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, स्थानीय पत्रकारहरु, पेशागत संघ संगठनका सदस्यहरु, उद्योगी(व्यवसायीहरु, यातायात व्यवसायी र मजदुरहरु लगायतप्रति विशेष कृतज्ञता व्यक्त गर्दर्छौं।

डा गोविन्द केसी
डडेल्धुरा
२०७६।७।२६

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ४ : ५३ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही