कोशीपारीको चौंरीदेउरालीमा बन्ने भयो १५ शय्याको अस्पताल | Khabarhub Khabarhub

कोशीपारीको चौंरीदेउरालीमा बन्ने भयो १५ शय्याको अस्पताल


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट चौंरीदेउराली गाउँपालिकाको वडा नं ५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माण गरिने भएको छ । साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी निर्माण गर्न लागिएको सो अस्पतालका लागि २१ रोपनी जग्गा उपलब्ध गराइएको छ ।

अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले रकमकै कारणले भवन बनाउन ढिला नहुने बताए । उनले स्थानीय सरकारले दिएको प्रतिवेदनका आधारमा शुरु गरिएको यो काम स्थानीयकै सहभागितामा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद रत्न ढकालले जिल्लाको विकट क्षेत्रका जनता अलि ठूलो रोग लाग्यो भने दौडेर धुलिखेल अथवा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारको पहलमा अस्पताल बनाउन लागिएको बताए । ६ करोडको लागतमा निर्माण गरिने सो अस्पतालको काम अगाडि बढाइसकिएको र चिकित्सकको समेत नियुक्ति भइसकेको गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : २५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न