आजदेखि अनलाइनमार्फत नै श्रम स्टिकर जारी | Khabarhub Khabarhub

आजदेखि अनलाइनमार्फत नै श्रम स्टिकर जारी


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रविधिको प्रयोगमा जोड दिइरहेको वैदेशिक रोजगार विभागले मङ्गलबारदेखि अनलाइनमार्फत नै श्रम स्टिकर (इ–स्टिकर) जारी गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिको राहदानी टाँस्ने स्टिकरको सट्टा इ–स्टिकर जारी गर्न लागिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिए ।

आजदेखि व्यक्तिगत श्रम स्वीकृति लिने र लिगलाइजेनशनबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई इ–स्टिकर प्रदान गरिनेछ । सोमबार इ–स्टिकरको परीक्षण गरिएको थियो ।

शुक्रबारबाट सबै प्रकारको श्रम स्वीकृतिमा इ–स्टिकर जारी गर्ने विभागको तयारी छ । प्रविधिको प्रयोगगरी गठी तथा अवैध रुपमा विदेश जाने प्रक्रिया रोक्ने विभागको योजनामा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

श्रममन्त्री गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्लेलगत्तै मातहतको कार्यालयमा प्रविधिको प्रयोग गरी छिटोछरितो तथा भरपर्दो सेवा सुविधा प्रवाहका लागि निर्देशन दिँदै आएका छन् ।

अनलाइनबाटै स्टिकर जारी भएसँगै नक्कली स्टिकर बनाई अवैध रुपमा भारतको बाटो हुँदै विदेश पठाउने क्रम अन्त्य हुनेछ । त्यस्तै स्टिकर छपाइमा लाग्ने खर्च पनि जोगिने विभागले जनाएको छ ।

अनलाइनबाट जारी गरिने स्टिकर आफूलाई चाहिएको बेला जुनसुकै ठाउँबाट पनि प्रिन्ट निकालन सकिनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १२ : ४२ बजे

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले