बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ? | Khabarhub Khabarhub

बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ । निमोनियाको प्रमुख कारण संक्रमण नै हो ।

संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ । बालबालिका र बूढाबूढीमा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने हुँदा बालबालिका र बूढाबूढीलाई निमोनियाको असर अझ गम्भीर रुपमा देखिन सक्छ ।

नेपालमा  गतवर्ष  जन्मेदेखि पाँचबर्ष मुनिका करिब १ हजार २ सय बालबालिकाको ज्यान गएको थियो । ज्यान गएकामध्ये श्वासप्रस्वास सम्बन्धी (एआरआई) रोगका कारण २ सय ३६ जनाको मृत्यु भयो ।

यसबाट पनि ५ बर्ष मुनिका बालबालिकाहरुमा करीब २० प्रतिशत मृत्यु निमोनिया रश्वासप्रस्वाश सम्बन्धी रोगका कारणबाट हुने तथ्यांकहरुले देखाउँछ ।

यो तथ्यांकलाई हेर्दा पनि बालबालिकाहरुमा हुने निमोनिया नेपाल लगायत विकासोन्मुख देशहरुमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ । जसलाई सरकारले नीति र कार्यक्रममा ध्यान दिन सकेमा ५ बर्ष मुनिका बालबालिकाहरुरमा निमोनियाका कारण हुने अकाल मृत्युलाई सजिलै रोक्न सकिन्छ र हजारौ बालबालिकाको जीवन रक्षा गर्न सकिन्छ ।

बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ । खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।

निमोनिया हुँदा देखिने लक्षण

–ज्वरो आउने

–श्वासप्रश्वास दर बढ्ने

–खोकी लाग्ने

–छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने

–श्वास फेर्न कठिन हुने

–स–साना बालबालिकाहरुले आमाको दुध नचुस्ने

– खानेकुरा खाने

निमोनियाका कारण गम्भीर संक्रमण भएमा बालबालिकाहरु बेहोस हुने, कम्पन आउने, शरीरको तामक्रम कम हुने समस्या पनि देखिन्छ ।

निमोनियाबाट हुने असर

–फोक्सोको झिल्लीभित्र पानी वा पिप भरिन सक्छ

–शरीरभर संक्रमण फैलिन सक्छ

–फोक्सोमा पिप भरिन सक्छ

निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ । आफूखुशी औषधी किनेर खानु हुँदैन ।

गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ ।

निमोनियाबाट कसरी जोगाउने बालबालिका

– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाईयो भने निमोनियाबाट जोगाउन सकिन्छ ।

–पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ । बालबालिकालाई  आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ ।

–धुवाँ, धूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ ।

–बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ ।

–बालबालिकाकाे सरसफाइमा ध्यान दिनुपर्छ ।

–सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ११ : २४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०