शिक्षकलाई तलब खुवाउन महायज्ञ | Khabarhub Khabarhub

शिक्षकलाई तलब खुवाउन महायज्ञ


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ।

विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ।

महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिए । माध्यमिक तहसम्म सञ्चालन भएको विद्यालयमा मावि तहमा हाल एक जनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि चार जनाको मात्रै दरबन्दी छ ।

विद्यालयलाई आवश्यक पर्ने अन्य नौ शिक्षक निजी स्रोतबाटै नियुक्त गरिएको छ, जसले गर्दा तलब खुवाउन समस्या भएकाले माध्यमिकस्तर दिगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिकस्तरलाई दिगो समयसम्म सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गरिएको जनाइएको छ ।

‘धेरैपटक मन्त्रालयमा दरबन्दीको लागि गयौँ तर उपलब्ध भएन’, प्रध्यानाध्यापक बोहोराले भने, ‘माविलाई दिगो समयसम्म सञ्चालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन ।’ विद्यालयमा उच्च शिक्षा सञ्चालन गर्ने भनिएतापनि त्यसको भने केही निश्चिचता नभएको उनले बताए। महायज्ञमा सङ्कलन र बचत हुने रकमका आधारमा उच्च शिक्षाको निर्णय लिइने उनले बताए ।

नगद पण्डितलाई, बाँकी आयोजकलाई

जिल्लामा भएका धार्मिक महोत्सवमध्ये अधिकांशं विद्यालयद्वारा आयोजना गरिएका छन् । केही महायज्ञ स्थानीय तह र धार्मिक संस्थाको संयुक्त आयोजना तथा केही पण्डित आफैँ आयोजक भएर पनि धार्मिक महायज्ञ गर्ने गरेका छन् । यस्ता धार्मिक महायज्ञमा पण्डितले उठेको रकम जति आफूले लैजाने र बाँकी बोलकबोल रकम आयोजक संस्थालाई छाड्ने गरेको पाइएको छ ।

अधिकांश ठाउँमा विद्यालय र पण्डितको समूहबीच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ । रघुफेदीको महायज्ञ पण्डित नारायण न्यौपानेले सञ्चालन गरिरहनुभएको छ । अहिलेसम्म उहाँले लैजाने रकमको सुनिश्चितता भएको छैन । तर उठेको रकमको आधारमा पण्डितलाई त्यसको केही प्रतिशत रकम दिइनेछ ।

स्थानीयवासीको रकम बाहिरिँदै

विभिन्न ठाउँमा सञ्चालन गरिने धार्मिक महायज्ञमा अधिकांश रकम बाहिर जाने गरेको छ । स्थानीयवासीले विद्यालयको भलाइका लागि भनेर दिएको रकम पण्डित, प्रचारप्रसार र अतिथि सत्कारलगायतका विभिन्न कार्यमा प्रयोग हुन्छ ।

त्यसले गर्दा महायज्ञबाट सङ्कलित रकम विद्यालयमा प्रयोग हुन पाउँदैन । नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले धार्मिक महायज्ञका नाममा व्यापार भइरहेको प्रतिक्रिया दिए । महायज्ञ गर्ने भए पण्डित, कलाकार, महायज्ञमा आवश्यक अन्य सामग्री सबै स्थानीयस्तरकै हुनुपर्ने बताए।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : ३२ बजे

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु