अफगानिस्तानविरुद्ध वेष्ट इण्डिजको क्लिन स्वीप | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध वेष्ट इण्डिजको क्लिन स्वीप


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा वेष्ट इण्डिजले क्लिन स्वीप गरेको छ ।

भारतको लखनउमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेट जित निकाल्दै वेष्ट इण्डिजले सिरिज ३-० ले जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य वेष्ट इण्डिजले ४८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा साई होपले १ सय ९ रनको शतकीय इनिङ्स खेले ।

यस्तै रोस्टन लामरले अविजित ४२, ब्राण्डन किङले ३९ तथा कप्तान केइरन पोलार्डले ३२ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान अस्घर अफगानले ८६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हजरत उल्लाह जाजई र मोहमद नाबीले समान ५० रन बनाए । वेष्ट इण्डिजका केमो पाउलले ३ तथा अल्जारी जोसेपले २ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो खेल वेष्ट इण्डिजले ७ र दोस्रो खेल ४७ रनको जित निकालेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ३२ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्