राष्ट्रपति भण्डारी र सीबीचको शिष्टाचार भेटवार्ता सकियो | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र सीबीचको शिष्टाचार भेटवार्ता सकियो


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीचको शिष्टाचार भेटवार्ता सकिएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि शनिवार(आज) अपराह्न नेपाल उत्रिएका चिनियाँ राष्ट्रपति सी चिनफिङ शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका थिए ।

सीले राष्ट्रपति भवन शीलत निवासमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता सकिएपछि सी होटल सोल्टी फर्किएका छन् । अब उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुई दिने नेपाल भ्रमणका लागि आएका सी भोली चीन फर्कने छन् ।

त्यसअघि भोलि सीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् भने केही सम्झौतामा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यस्तै सीले भोलि नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : ३५ बजे

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै