खेतीकिसानी गरेका सी कसरी पुगे चिनियाँ सत्ताको शिखरमा ? | Khabarhub Khabarhub

खेतीकिसानी गरेका सी कसरी पुगे चिनियाँ सत्ताको शिखरमा ?


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २१ औं शताव्दीमा यस्ता कम नेता छन् जो गुफामा बसेका छन् । जसले खेती किसानीमा मेहेनत गरेको छ र फेरि सत्ताको शिखरमा पनि पुगेको छ ।

पाँच दशक पहिला जब चीनमा सांस्कृतिक क्रान्तिको आँधि आएको थियो त्यस समय १५ वर्षका एक किशोर सी चिनफिङले मुस्किल र कठिन जीवनको शुरुवात गरेका थिए ।

चीनको यस्तो क्षेत्र जहाँ चारै तर्फ खोज र अग्ला पहाड थिए त्यहाँबाट उनको जीनको शुरुवात भएको थियो ।

जुन इलाकामा सीले खेती किसानीको शुरुवाता गरेका थिए, गृहयुद्धका क्रममा चीनको कम्युनिस्टको गढ क्षेत्र थियो ।

येनानका मानिस आफ्नो इलाकालाई चीनको क्रान्तिको लागि पवित्र भूमि भन्दथे ।

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपतिको कार्यकालमा लागेको सीमालाई हटाएको छ ।

यो यस्तो कदम हो जसले नेता सीलाई सत्तामा राखिरहेन छ ।

उनी आज एक यस्तो देशको अगुवाई गरिरहेका छन् जो विश्वको सुपरवारको रुपमा अगाडि बढिरहेको छ ।

चीनको उपप्रधानमन्त्री समेत रहेका उनका पिता सी जोङसुन सन् १९६२ मा कारबाहीमा परे । शक्तिशाली पिता कमजोर बनाइए । नौ वर्षका सी कारबाहीमा परेकाहरुको सन्तान राख्ने स्थानमा राखिए ।

सी जिनपिङको जीवनमा कठिन मोड आयो । तर, त्यही मोडले उनलाई ऊर्जा दियो । उनले भनेका छन् (मैंले गाउँबाट धेरै सिक्ने मौका पाएँ । उनी गाउँमा कृषि मजदूरका रुपमा काम गरे जहाँबाट राजनीतिक यात्रा समेत शुरु गरे ।

सीले सात वर्ष गाउँ बसाईंलाई जीवनकै गौरवशाली क्षण मान्ने गरेका छन् । चीनमा भएको सांस्कृतिक क्रान्तिका दौरानमा धेरै चिनियाँहरुमाथि कडा नीति लिइएको थियो । त्यसमध्ये सी पनि थिए । तर, उनले त्यही चुनौतीलाई अवसरमा परिणत गरे ।

१५ जुन १९५३ जन्मिएका सी ले चीनको राजनीतिमा आएको कठिन मोड देखि आर्थिक प्रगतिको आधार समयलाई नजिकबाट नियाल्ने मौका पाए ।

शहरमा जन्मिएपनि गाउँको रहनसहन र जीवनको अनुभव सँगाले । जीवनको उर्वर सात वर्ष गाउँमा बसेर कृषि मजदूर बनेका सीले त्यहींबाट पाएको जीवन जीउने शिक्षादिक्षाले आफूलाई परिपक्व बनाउन सके ।

निकै मिहेनत र असफलतापछि सीले सन् १९७४ मा बल्ल चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता पाए । उनले रसायन इन्जिनियरिङ अध्ययन गरे । बेइजिङको सिंघुवा विश्वविद्यालयबाट सन् १९७९ मा अध्ययन पूरा गरे । त्यसपछि उनले निरन्तर प्रगति हासिल गर्न सके ।

कम बोल्ने र धेरै काम गर्ने स्वभावका सीले १९७९ देखि १९८२ सम्म केन्द्रीय सैन्य कमाण्डमा उपमन्त्रीको भूमिका पाए । त्यहाँ सैन्य अनुभव हासिल गरे । त्यही समयमा उनले चीनका लागि तत्कालिन बेलायती राजदूतकी छोरी की लिङलिङसँग विवाह गरेका थिए । तर केही वर्षमा उनको सम्बन्ध विच्छेद भयो ।

१९८३ देखि २००७ सम्म विभिन्न प्रान्तहरुको नेतृत्व लिए । हुबेमा उनको नेतृत्व महत्वपूर्ण सावित भयो । फुजियानको सियामेनमा उपमेयर बने । त्यही समय उनले लोकगायिका पेङ लियुयानसँग विवाह गरे ।

उनी फुजियान प्रान्तका गर्भनर भए । सन् २००७ मा महत्वपूर्ण क्षण आयो जसले सीलाई पार्टीमा उदय गरायो । चीनको उपराष्ट्रपति बनाइएका उनी पोलिटब्युरो सदस्य समेत भए । २००८ मा उनी ओलम्पिक आयोजक कमिटिको कार्यकारी बने ।

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भए । उनी सोही वर्ष चीनको राष्ट्रपति बने । सन् २०१८ मा कम्युनिष्ट पार्टीको विधान परिवर्तन गरी सी अनिश्चितकालसम्मका लागि राष्ट्रपति बन्ने विधान पारित भयो । यसरी सी माओत्से तुङ र देङ स्याओपिङ पछि चीनका शक्तिशाली नेता बन्न सके ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १२ : ४६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन