चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले के अपेक्षा गर्ने ? | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले के अपेक्षा गर्ने ?


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनका लागि नेपाली राजदुत लीलामणि पौडेलले शुक्रवार विहानै लेखे–रेल र पारवहन अन्तरसम्वन्धित छन । रेलविना पारवहन सुविधा उपयोगी हुन सक्दैनन् ।

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउनु भन्दा २४ घण्टा अघि आएको उनको यो अर्थपुर्ण टिप्पणीले २३ बर्षपछि चीनको राष्ट्रपति नेपाल भ्रमणमा आउँदा काठमाडौंले उनीसँग के अपेक्षा गरेको छ भन्ने कुराको पेटबोली बोलेको छ ।

नेपालले बीआरआईमा सहभागीता जनाई सकेको छ। तर बीआरआई भनेको केवल रेल भने होइन । यससँगै सडक सञ्जालदेखि सञ्चार र प्रविधिसम्म जोडिएका छन । तर, केरुङ देखि काठमाडौंसम्मको ७८ किलोमिटर रेलमार्ग निर्माण सकभर अनुदानमा नभए ८० प्रतिशत खर्च चीनको र २० प्रतिशत सरल ब्याजमा ऋण लिएर भएपनि रेल बनाउने वर्तमान सरकारको सोचाइ छ ।

यसमा तगारो लागेको नै आर्थिक पाटो रहेको छ । अर्थात रेल त आठ बर्षपछि नेपालमा आउला तर यसको खर्च कसरी धान्ने ? भन्ने सवाल खडा भएको छ । यो सवाल यसकारण पनि खडा भएको छ कि चीनका राष्ट्रपति नेपाल आउनु अघि प्रधानमन्त्री केपी ओलीले पुर्वप्रधानमन्त्री र पुर्वपरराष्ट्रमन्त्रीहरुसँग परामर्श गरेका थिए ।

बालुवाटारमा भएको यो अन्र्तक्रियामा प्रधानमन्त्रीलाई पुर्वप्रधानमन्त्री शेरवहादुर देउवा र डा.बाबुराम भटटराइले चीनसँगको रेलभन्दा सडक सञ्जाललाई मुख्य ध्यान दिन सुझाव दिए भने ऋणमा रेल ल्याउने कुरामा धेरै अघि नबढन अर्को सुझाव दिए ।

यसपछि ७५ प्रतिशत खर्च चीनले बेहोर्ने र २५ प्रतिशत खर्च नेपालले बेहोर्ने चर्चा चलिरहेको बेलामा प्रधानमन्त्रीलाई अलि अप्ठयारो भएको छ । यसैले उनी अब २० प्रतिशत खर्च मात्र बेहोर्न सक्ने अडानमा पुगेका छन ।

नेपालले कस्ता मुद्दा उठाउने ?

ठूला पाहुना नेपाल जस्तो देशमा आउँदा देशकै महत्व बढनु स्वभाविक नै हो । पाहुना आउदा स्वागत गर्ने, न्यानो आतिथ्यता दिने नेपाली संस्कार नै हो ।

यसैकारण सडक सफा गर्नेदेखि स्वागतद्वार बनाउने सम्मका काम भएका छन । तर मुल कुरा चीनका राष्ट्रपति आउँदा नेपालले कस्ता मुद्दा कसरी उठाउछ भन्ने नै हो । निश्चयन नै चीन शक्तिशाली र धनी राष्ट्र हो र महत्वपुर्ण कुरा उ हाम्रो छिमेकी हो ।

चार पटकसम्म दक्षिणी छिमेकी भारतबाट नाकावन्दी खेपिसकेको नेपालले उत्तर तर्फको नाका खुला गर्न र यसमार्फत विश्वबजार पुग्नको लागि कोशिश गर्नु स्वभाविक नै हो ।

चीनका राष्ट्रपतिको यस भ्रमणको दौरान नेपालले खोजेको मित्रवत सम्वन्ध नै हो । भ्रमणको पुर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीले सम्वन्ध थप न्यानो पार्ने बताउदै राष्ट्रपति सीको भ्रमणलाई लाभहानीको रुपमा नलिने बताएका छन ।

परराष्ट्रविद हिरयण्लाल श्रेष्ठका अनुसार, नेपालको मुल चासो नै चीनसँग कनेक्टिभिीटीको हो । उनले थप भने–यदि उत्तर तर्फको ढोका खुल्यो भने यसपछि नेपाल ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्ड हुनेछ ।

उत्तरतर्फको ढोका खुल्ला गर्नको लागि नेपालले एक हात अघि बढाइसकेको छ । बीआरआईमा सहमति जनाएको मात्र होइन, नेपालले ब्यापार तथा पाहन सम्झौता समेत गरिसकेको छ । तर, नेपालको राजनीतिक आकाशमा नजानिदो ढंगबाट फरक खालको मनोविज्ञान हावी भएको पाइन्छ ।

जस्तो, चीनतर्फको नाका खुल्दा भारतले यसलाई नरुचाउला कि ? भन्ने । भारतीय मनोविज्ञान बुझेका विश्लेषक पुरञ्जन आचार्य नेपाल चीनतर्फ नढल्कोस भन्ने भारतको चाहना त छँदैछ साथसाथै नेपाल जहिले पनि हामीले भने अनुसार मात्र चलोस भन्ने ठालुवाद पनि उसमा देखिन्छ ।

सत्य के हो भने राष्ट्रपति सी चिनफिङको यो ऐतिहासिक भ्रमणलाई भारत वा अन्य देशसँग जोडन आवश्यक छैन । किनपनि यसो भन्न सकिन्छ भने सी नेपाल भन्दा पहिला भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक सम्वाद पछि मात्र नेपाल आउँदैछन ।

नेपाल अघि किन भारत गए सी

भारत भ्रमणपछि नेपाल आउने सीको यो भ्रमणको मुलभुत केही लक्ष्य देखिन्छ । उनी नेपाल बीआरआईमा तनमनका साथ लागोस भन्ने त चाहन्छन नै तर यो भन्दा बढी यस योजनामा भारत पनि लागोस भन्ने उनको चाहना बुझ्न सकिन्छ ।

यदि, भारत बीआरआईमा आएन भने पनि यसको विपक्षमा नजाओस भन्नेमा उनी सचेत छन । परराष्ट्रविद श्रेष्ठका अनुसार, भारतले बीआरआईलाई सगोलमा विरोध गरेको छैन । बरु उसले बीआरआईमा पाकिस्तानलाई किन संलग्न गराएको भन्नेमा मात्र आपत्ति जनाएको छ । उनले थप भने– बीआरआईको अर्को भंगालो हो, एआईआईबी र यसबाट सवैभन्दा बढी भारतले ऋण लिएको छ ।

भारत र चीन ठुला ब्यापारिक साझेदार देश हुन । विश्वमा नै चीनलाई बनिया भनेर चिनिन्छ । अर्थात चीनले जानेको नै ब्यापार गर्न हो । यसकारण भारत चीनको सम्वन्ध ब्यापारको सम्वन्ध हो । र, नेपालको कारण उनीहरुको सम्वन्ध न विग्रन्छ न बन्छ । यसैले नेपालले बीआरआई वा वा चीनतिर लम्कदा भारत चिढिन्छ कि भन्ने पीर लिनुपर्ने देखिन्न ।

बरु, नेपालले चीनलाई देखाएर भारतलाई चिढ्याउँछु वा ठेगान लगाउछु भन्ने कच्चा कुटनीतिक प्रयास थाल्यो भने यसलार्ई गम्भीर गल्ती मान्नुपर्छ । किनभने चीन र भारतको यतिवेला आफनै सम्वन्ध छ ।

चीनका राष्ट्रपतिको यस भ्रमणको दौरान नेपालले खोजेको मित्रवत सम्वन्ध नै हो । भ्रमणको पुर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीले सम्वन्ध थप न्यानो पार्ने बताउदै राष्ट्रपति सीको भ्रमणलाई लाभहानीको रुपमा नलिने बताएका छन ।

यति हुँदा हुँदै पनि नेपालले केही योजनामा चीनको सहयोग खोजेको छ । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा औद्योगिक पार्क बनाउने, नुवाकोट रसुवा जाने सडक खण्डको टोखा छहरेमा सुरुङ बनाउने, मदन भण्डारी अत्याधुनिक विश्वविधालय बनाउने कुरा सहमति गरिनेछ ।

यस देखि बाहेक शनिवार प्रधानमन्त्री ओली र राष्ट्रपति सीको वार्तालाप पछि थप प्रगति हुनेछ ।  राष्ट्रपति सी ब्यवहारिक नेता हुन । माथिल्लो तहको भ्रष्टाचार नियन्त्रण गर्न सफल उनी विश्वपरिवेशमा चीनलाई अगाडि लैजान कस्तो रणनीति अख्तियार गर्ने भन्ने सवालमा पनि सफल देखिन्छन ।

उनै सी एक ध्रुवको नेतृत्व गरेको अमेरिकालार्ई लामो समय यसरी एकछत्र राज गर्न दिने पक्षमा छैनन । यसको लागि उनी भारत र नेपाललाई आफनो पक्षमा पार्ने तहमा छन ।

संसारमा सोभियत रुस र माओकालिन चीन नै त्यस्ता देश हुन जसले आफनो देशको विचार प्रकाशित गरी विश्वभर प्रचारमा लैजाने गर्दथे । भारतमा राज्य लिनु भन्दा पहिला बेलायतीहरु ब्यापारी बनेर कैयौं बर्षसम्म बसेका थिए ।

नेपालको सवालमा अहिले त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । चीन नेपाललाई आफनो पक्षमा पार्न चाहिरहेको छ । एक चीन नीतिमा नेपाल अडिग रहोस, आर्थिक रुपमा, सैन्य शक्तिमा र राजनीतिक विचारमा नेपाल आफनो पक्षमा रहोस भन्ने चीन चाहन्छ । तर, भारत नेपाल चीन तर्फ नढल्कोस भन्ने चाहन्छ ।

यसपछि मात्र उनीहरुले भारतीयलाई गुलाम बनाउने आँट गर्न सके । हामीले माने पनि नमाने पनि नेपालमा रहेका सेभ द चिल्ड्रेनदेखि प्लान इन्टरनेशनलसम्म अमेरिकीहरुको लागि काम गर्छन । यस्तै नियोग अन्य देशको पनि छ । विकासको आवरणमा नेपालमा यसरी विभिन्न देशले राजनीति गरिरहेका छन । तर के चीनले यस्तो गरेको छैन ? वा गर्ने छैन ? अबको लागि अहम सवाल भने यहि हो ।

पुर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार, साइलेन्ट डिप्लोमेसी अपनाइरहेको चीन यतिवेला एक्टिभ डिप्लोमेसी अपनाइरहेको छ ।

डा.महतको कुरालाई एकछिन ध्यान दिने हो भने नेपालमा अहिले केवल चीन विकासको कुरा लिएर मात्र छिरेको छैन । यतिवेला मन्डारियन भाषा पढने र पढाउने भन्दै हजार भन्दा बढी प्रशिक्षक नेपाल आउँदैछन । यस्तै, टोल टोलमा चिनियाँ रेष्टुरेन्ट खोल्ने काम भइरहेको छ ।

चीनले यतिवेला आफु सुपरपावर हुनको लागि विकासमा साझेदारी मात्र गरिरहेको छैन । उसले चिनियाँ सभ्यता नै निर्यात गर्न थालेको छ । जस्तो, पश्चिमा राष्ट्रले सुकरात, प्लेटो, सेक्सपियरलाई बजारिकरण गरेजस्तै चीनले पनि लु सुन र कन्फुसियसको विचारलाई प्रवाह गरिरहेको छ ।

बेलायतले निर्यात गरेको कोट, टाई हामीले सभ्यताको प्रतीक भन्दै लगाए जस्तै नेपालमा चिनियाँ खाना, चिनियाँ कपडा लगाउने चलन बढन थालेको छ ।

नेपालको सवालमा अहिले त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । चीन नेपाललाई आफनो पक्षमा पार्न चाहिरहेको छ । एक चीन नीतिमा नेपाल अडिग रहोस, आर्थिक रुपमा, सैन्य शक्तिमा र राजनीतिक विचारमा नेपाल आफनो पक्षमा रहोस भन्ने चीन चाहन्छ । तर, भारत नेपाल चीन तर्फ नढल्कोस भन्ने चाहन्छ ।

यसैकारण एकपटक वीपी कोइरालाले भनेका थिए–कुटनीति सम्हाल्ने भारतीय अधिकारीहरु कि त ठालु ब्यवहार देखाउछन कि अरुलाई दास ठान्दछन । तर चीन भने यसको विलकुल फरक खालको छ । उनीहरु नम्र ब्यवहार गर्दछन ।

उता अमेरिका भने चीनलाई सुपरपावर हुन दिने पक्षमा छैन । अमेरिकाको यो स्वार्थमा भारतको पनि मत मिल्दछ । तर, भारत अब चीनलाई रोक्न सक्ने तागत राख्दैन । यसको लागि भारतले अमेरिकी सहयता लिने देखिन्छ । तर, नेपालको हकमा भने अमेरिकालाई पस्न दिने पक्षमा न भारत छ न चीन नै ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : २३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका