जेरुडको एक गोलले फ्रान्स विजयी | Khabarhub Khabarhub

जेरुडको एक गोलले फ्रान्स विजयी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा फ्रान्सले आइसल्याण्डलाई पराजित गरेको छ ।

विश्व विजेता फ्रान्सले आइसल्याण्डविरुद्ध साँघुरो जित निकालेको हो ।

छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको खेलमा फ्रान्सले आइसल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

आइसल्याण्डको मैदानमा भएको खेलमा फ्रान्सलाई जिताउन ओलिभर जेरुड नायक बने । जेरुडको एक मात्रमा गोलमा फ्रान्सले ३ अंक जोडेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा जेरुडले पेनाल्टीमा गोल गरेका थिए । उक्त गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो । फ्रान्सका लागि उनको यो ३७ औं गोल हो ।

जितसँगै समूह ‘एच’ को फ्रान्सले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । फ्रान्सले ७ खेलबाट १८ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।

१२ अंक जोडेको आइसल्याण्ड तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : २३ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश