चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर गिरी नियुक्त | Khabarhub Khabarhub

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर गिरी नियुक्त


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डा श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा गिरीलाई नियुक्त गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी भएका ९ जनामध्येबाट ३ जनाको नाम छनोट गरी भदौ पहिलो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो ।

सिफारिस समितिले एक नम्बरमा प्राध्यापक डाक्टर सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा डा शम्भुकुमार पहारी र तीन नम्बरमा प्रा डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिफारिस समितिले छनोट गरेको ३ जनाको नाम मन्त्री परिषद्मा पेस गरेका थिए । आजको मन्त्रिपरिषदको निर्णयले डा गिरीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

आयोगको उपाध्यक्षमा नियुक्त भएका डा गिरीले आफूलाई उपाध्यक्षमा नियुक्त गरिएको आधिकारिक जानकारी नआए पनि शुभचिन्तकहरुबाट भने बधाई आइरहेको बताए ।

आयोगको उपाध्यक्षमा नियुक्त भएका डा गिरी नेपाल सरकारका ११ औं तहका चिकित्सक हुन् । उनी राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक विभागको प्रमूखका रुपमा कार्यरत छन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त नहुँदा नयाँ चिकित्सा ऐन कार्यन्वयनमा समेत जटिलता आएको थियो । यसअघि चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले भने आयोगको उपाध्यक्षका लागि सिफारिस समितिले छनोट गरेका उम्मेदवारहरु योग्य नभएको भन्दै आलोचना गर्दै आएका थिए ।

डा केसीले आयोगको उपाध्यक्षमा उम्मेदवारी दिने व्यक्तिहरु योग्य नरहेको बताए पनि सरकारले भने छनोट भएका ३ जनाबाट डा गिरीलाई नियुक्त गर्ने निर्णय गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : ४० बजे

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको