डेंगु नियन्त्रण प्रभावकारी नभएको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग | Khabarhub Khabarhub

डेंगु नियन्त्रण प्रभावकारी नभएको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद संञ्जय कुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गार्भियतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।

डेंगुबारे यथार्थ जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ्ग गरेपछि आफ्नो धारणा राखेका सांसद गौतमले रुलिङ्ग गरेर मात्रै नहुने भन्दै आक्रोश पोखे ।

उनले भने, “स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? चुप लागेर बसेर रुलिङ्ग गरेर । टेबुल ठोकेर र सत्ता पक्ष कै सांसदले विरोध जनाएर मात्रै पुग्दैन । दुई तिहाईको एब्सुल्युट गर्भरमेण्ट हो यो । यतिबेला तपाईहरुले दिन नसकेको सुशासन कस्ले दिन सक्छ ? यतिबेला यो रुलिङ्ग गर्दिएको भरमा मात्रै यो झारा टार्ने काम । कहीँ नभएको जात्रा हाडी गाउमा भन्ने उखानलाई चरितार्थ गरेर मात्रै पुग्दैन । म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजिनामा माग्छु । र सरकार यसरी अमुकदर्शक बनेर बस्न हुदैन सभामुख महोदय । तत्काल संकटकालको घोषणा गर्नुपर्छ । देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ती जनाउदै तत्काल राजिनामाको माग गर्छु । ”

पछिल्लो तथ्याङ्क अनुसार, मुलुकभर ५ हजार बढी जना डेंगुबाट संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ३९ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार