नेपाल आइन् सनी लियोनी, स्वागतमा नेपाली भादगाउँले टोपी | Khabarhub Khabarhub

नेपाल आइन् सनी लियोनी, स्वागतमा नेपाली भादगाउँले टोपी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर– दिनेश सिटौला ।


काठमाडौं – बलिउडमा स्थापित अभिनेत्री सनी लियोनी नेपाल आएकी छिन् । उनी आफ्नो आफ्नो आइटम डान्स रहेको चलचित्र ‘पासवर्ड’ को प्रिमियरका लागि राजधानी उत्रिएकी हुन् । यसअघि उनी बिजनेस प्रयोजनका लागि नेपाल आएकी थिइन् ।

भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजिने सनी पूर्वनिर्धारित तालिका अनुसार नेपाल आएकी हुन् । उनी आजै राजधानीमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सहभागी हुने कार्यक्रम छ । सोही कार्यक्रमका लागि उनी नेपाल आएकी हुन् ।

राजधानीमा उनी आउने खबरसँगै पत्रकार तथा युट्युबरको बाक्लो उपस्थिति थियो । उनी एअर इन्डियाको फ्लाइटमार्फत नेपाल आएकी हुन् ।

चलचित्र ‘पासवर्ड’ को एक गीतमा सनी लियोनीको आइटम नृत्य छ । चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राना लगायतका कलाकारको अभिनय रहेको छ ।

सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्म भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । सनीका कारण चलचित्रको राम्रो चर्चा छ । यो एक्सनप्रधान चलचित्र हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : १६ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्