विषादीको बढ्दो प्रयोगका कारण मर्न थाले माहुरी | Khabarhub Khabarhub

विषादीको बढ्दो प्रयोगका कारण मर्न थाले माहुरी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– माहुरीका लागि उर्वर क्षेत्र मानिएको जुम्लाका किसान केही समययता भने चिन्तित बनेका छन् । एकाएक माहुरी मर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् ।

महको बजार अभाव नभएको र माहुरीका गोलाको समेत माग अत्यधिक रहेका बेला एकाएक माहुरी मर्न थालेपछि समस्या भएको चन्दननाथ नगरपालिका–५ का किसान कृष्ण बुढाले बताए ।

‘दिन प्रतिदिन माहुरी मर्दै गएका छन् । कृषि प्राविधिकलाई सोध्दा बालीनाली तथा फलफूलमा विषादीको प्रयोगले माहुरी मर्ने गरेको बताएका छन्,’ बुढाले भने ।

जुम्लालाई जिल्ला परिषद्बाट विषादी प्रयोगरहित घोषणा गरिएको थियो । तर, त्यसको कार्यान्वयन नहुँदा विषादीको प्रयोग नघटेको उनको भनाइ छ ।

पराम्परागत रूपमा माहुरीपालन गर्दै आएका उनले १० वटा आधुनिक घार पनि राखेका छन् । हरेक दिन घार बाहिर मरेका माहुरी भेटिन थालेको उनको भनाइ छ । ‘दिनदिनै मरेका माहुरी देखिन्छन् । घार रित्तिँदै गएको छ,’ बुढाले दुःखेसो पोखे ।

वातावरण विनाशसँगै माहुरीको चरन क्षेत्र घट्दै गएको अर्का माहुरी किसान सरोज शाहीले गुनासो गरे। झन् त्यसमा बालीनालीमा विषादी प्रयोग हुन थालेपछि समस्या भएको उनको भनाइ छ । ‘धान खेतमा अत्यधिक विषादी प्रयोग भइरहेको छ । जसले गर्दा माहुरी पानी खान गएपछि मर्ने गरेको छ,’ उनले भने ।

सेरेना जातको माहुरीका लागि जुम्लाको हावापानी उपयुक्त मानिन्छ । यहाँ भौगोलिक अवस्था र चरन क्षेत्र पर्याप्त रहेको छ । जसले गर्दा महको उत्पादन बढ्दै आएको थियो । कृषि विकास कार्यालयका अनुसार, आर्थिक वर्ष ०७२/७३ मा २ हजार ५ सय किलोग्राम मह उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७३/७४ मा २ हजार ८ सय किलोग्राम उत्पादन भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष ०७४/७५ मा २ हजार १ सय किलोग्राम मह उत्पादन भएको तथ्याङ्क छ । अझै पनि जुम्लामा माहुरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाको भनाइ छ ।

जिल्लाको विभिन्न भागमा परम्परागत र आधुनिक घारमा किसानले माहुरीपालन गर्दै आएका छन् । माहुरी जोगाउन विषादीको प्रयोग रोक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  २ : ३४ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय