रोल्पाबाट कहाँ हराए १६० जना महिला ? | Khabarhub Khabarhub

रोल्पाबाट कहाँ हराए १६० जना महिला ?


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन ? हराएकाहरु कसरी फेला पर्छन् ?

जिल्ला प्रहरी कार्यालय रोल्पाको अभिलेखअनुसार आर्थिक वर्ष २०७३/७४ मा ५६ जना महिला हराए । यसरी हराएका महिलामध्ये ४१ जना मात्रै फेला परे । त्यस वर्ष हराएका ८ जना भेटिएनन् । आव २०७४/७५ मा हराएका ५५ मध्ये ५० जना फेला परे भने पाँच जना फेला पर्न सकेन । गएको आवमा ५६ जना महिला हराए । हराएकामध्ये ४ जना मात्रै फेला परे । बाँकी ५२ जना अझै फेला पर्न सकेको छैन ।

हराएको भनी उजूरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाका आधारमा खोजी गरिँदा भेटिएका र आफैं घर फर्केका समेत गरी बितेको ३ वर्षमा ९५ महिला फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार अझै ६५ जना फेला पर्न सकेका छैनन् ।

हराएकाहरुका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटहरुलाई हुलियासहित जानकारी गराउने गरिएको छ । हुलियाकै आधारमा प्रहरीले हराएकाहरुलाई फेला पर्ने गरेको छ ।

हराएकामध्ये ठूलो सङ्ख्याका महिलालाई प्रहरीले काठमाडौँका ईंटा भट्टामा फेला पर्ने गरेको छ । ईट्टा भट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकाँश महिला परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ । राम्रो लाउने, मिठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ ।

परिवारलाई अत्तोपत्तो नदिई घर, विद्यालय, पसल, घाँस, दाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको बताइन्छ । हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको अभिभावक वर्गको दुःखेसो छ । यसरी हराएका अधिकाँश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले बताएको छ ।

पारिवारिक बेमेलका कारण पनि उनीहरु आफूखुशी घर छाडेर हिँड्ने गरेको बताइन्छ । “मादक पदार्थ सेवन सँगै हुने पारिवारिक बेमेलले महिलाहरुलाई घर छाड्न बाध्य पार्छ,” जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक मीना विकले भनिन् । यसरी हिँडेका महिला तथा बालबालिका ईंटा भट्टा, होटेल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न रहने गरेको पाइन्छ ।

परिवारका सदस्य हराउँदा आत्तिएर प्रहरीलाई खबर गर्न आउने तर, सम्पर्कमा आउँदा प्रहरीलाई जानकारी नगराउने कार्यले पनि हराउनेको सङ्ख्या अधिक देखिने गरेको प्रहरीको भनाइ छ ।

हराएका नागरिक सम्पर्कमा आए÷नआएको जानकारी सुरक्षा निकायमा हुनु जरुरी भए पनि त्यसका लागि प्रहरी वा अन्य सरकारी निकायले संयन्त्र निर्माण गर्न नसकेको पाइएको छ । नागरिकको कत्र्तव्यबोध गर्दै हराएकाहरु सम्पर्कमा आउने बित्तिकै प्रहरीमा खबर गरे तथ्याङ्क अद्यावधिक गर्न सहज हुने प्रहरीको अपेक्षा छ ।

घरबाट भागेर हिँडेका तर सम्पर्कमा आउन नसकी अलपत्र परेका कैयौं महिलालाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाउने गरेको छ । अघिल्लो वर्ष ईंटा भट्टा जान भनी घरबाट हिँडेर पनि दलालसँग सम्पर्क हुन नसकेका पाँच महिलालाई प्रहरीले आफन्तको जिम्मा लगाएको थियो । यसरी अलपत्र पर्नेमा बालबालिकासमेत रहने गरेका छन् । बालश्रमिकहरुलाई नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन) लगायतका संस्थाले समेत उद्धार गरी प्रहरीलाई जिम्मा लगाउने गरेका छन् । त्यस्ता बालबालिका प्रहरीमार्फत परिवारसम्म पुग्ने गरेका छन् । अघिल्लो वर्ष ललितपुरको एक संस्थाले रोल्पाका एक दर्जनभन्दा बढी बालबालिकालाई ईंटा भट्टाबाट उद्धार गरी प्रहरीे तथा महिला बालबालिका कार्यालयको रोहवरमा आफन्तको जिम्मा लगाएको थियो ।

गरिबी, अज्ञानता, मादक पदार्थ सेवनका कारण पारिवारिक बेमेल जस्ता कारण महिलाहरु घर छाड्न बाध्य हुने गरेको पाइन्छ । गाउँकै नाइकेको लहलहैमा धन कमाउने आशामा ईंटा भट्टा जाने महिलाको सङ्ख्या धेरै देखिन्छ । परिवारको संरक्षण र सूचना बिना त्यसरी जाने महिलाहरु थप जोखिममा पर्ने गरेको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ । आचार्यका अनुसार उनीहरु यौन तथा अन्य हिंसाको समेत शिकार हुने गरेका छन् ।

ईंटा भट्टा गएका महिलाहरु यौन दुव्र्यवहारमा परी बच्चासमेत जन्माउन बाध्य हुने गरेको बताइन्छ । धन कमाउने भन्दै घरबाट भागेर जाने यस्ता महिलामध्ये कतिपय घर फर्कंदा बाबुको पहिचान नखुलेका बच्चा सहित फर्कने गरेका छन् । जिल्लामा पछिल्लो पटक पारिवारिक विखण्डन गर्ने माध्यमको रुपमा समेत यसलाई लिन थालिएको छ । जिल्लामा यस्ता हिंसामा परी बाबुको पहिचान नखुलेका बालबालिकाको सङ्ख्या समेत बढ्दै जान थालेको छ । नेपाली नागरिकता प्रमाणपत्रका लागि उमेर पुगे पनि बाबुको पहिचान हुन नसक्दा उनीहरुलाई नागरिकता लिन कठिनाइ छ ।

श्रम शोषणमा पर्दैआएका उनीहरु लामो समय न्यून ज्यालामा काम गर्न बाध्य हुने गरेको बताइन्छ । “अतिरिक्त काम गर्दा समेत निकै कम ज्याला मात्र उनीहरुलाई दिइन्छ,” घरबाट भागेर काठमाडौँस्थित एउटा ईंटा भट्टामा पुगेर फर्किएकी रोल्पा नगरपालिका–४ की एक महिलाले भनिन् – “पुरुषलाई ठगी गर्न सक्दैनन् । महिला कामदारलाई ललाइफकाई ईंटा भट्टा लैजाने गरेका छन् ।”

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १ : ४२ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को