काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक परेको छ ।
बुधबार पटवालकी आमाको निधन भएपछि पटवाल केही दिन भारत जाने भएका छन् । नेपाली टोली अहिले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको छ ।
प्रशिक्षक पटवाल केही समय टोली बाहिर रहने जानकारी राष्ट्रिय टोलीका मिडिया कोडिनेटर सुरज शाक्यले जनाएका छन् । उनले प्रशिक्षक पटवाल केही समय भित्रै क्याम्पमा उपस्थित हुने समेत बताएका छन् ।
प्रतिक्रिया