डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीको समायोजन रोकियो, यथास्थानमै काम गर्न निर्देशन | Khabarhub Khabarhub

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीको समायोजन रोकियो, यथास्थानमै काम गर्न निर्देशन


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु प्रभावित जिल्लामा कार्यरत समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको छ ।

देशभर डेंगुको प्रकोप बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले समायोजन भएका कर्मचारीलाई यथास्थानमै काम गर्न निर्देशन दिएको छ ।
भदौं २५ गते बसेको सचिवस्तरको बैठकले डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय समेत गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक एवं स्वास्थ्यर्मीहरुलाई प्रसूति बिदा, अध्ययन बिदा र किरिया बिदा बाहेक अन्य बिदा समेत नदिने निर्णय भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र सबै स्थानीय तहलाई पत्राचार गर्दै निर्देशन दिएको हो ।

डेंगुका बिरामी ५ हजार नाघे

काठमाडौं लगायत देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्ममा ५६ जिल्लाका ५ हजार ९५ जनामा डेंगुको संक्रमण देखिएको छ ।

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो समय प्रदेश ३ का जिल्लाहरुमा डेंगुको प्रकोप बढी देखिएको छ । प्रदेश ३ मा साउनदेखि भदौ २४ गते सम्ममा ३ हजार १ सय २६ जनामा डेंगु भेटिएको महाशाखाको तथ्याङ्क छ ।

यस्तै गण्डकी प्रदेशमा पनि बिरामीको संख्या १ हजार पुग्न लागिसकेको छ । गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु भेटिएको छ ।

यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

प्रदेश ३ का १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै बिरामी काठमाडौं र चितवनका छन् । साउनयता मात्रै काठमाडौंमा १ हजार १ सय ७० जनामा डेंगु भेटिएको छ भने चितवनमा १ हजार १ सय २८ जनामा डेंगु भेटिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : ४४ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका