कांग्रेसलाई पुनर्जीवन पाउन ठूलो चमत्कार आवश्यक | Khabarhub Khabarhub

कांग्रेसलाई पुनर्जीवन पाउन ठूलो चमत्कार आवश्यक



प्रमुख प्रतिपक्षीदल नेपाल कांग्रेस अहिले राजनीतिक अन्योलताको अवस्थाबाट गुज्रिरहेको छ । समाजवादको नाराबाट टाढिइसकेको यस पार्टीलाई पुनर्जीवन पाउन अब ठुलो चमत्कारको आवश्यकता छ ।

करिब २ वर्ष अघि भएको निर्वाचनमा अप्रत्याशित पराजय भोगेको यस पार्टीले विगतको कमी कमजोरीबाट शिक्षा लिन आवश्यक ठानेन् । आन्तरिक कलह तथा गुटीय राजनीतिले ग्रस्त यस पार्टीका नेताहरु वैचारिक रुपमा पनि आफुलाई कमजोर धरातलमा उभिएको महसुस गरिरहेका छन् ।

पार्टीका एक जना वरिष्ठ नेता एवं पदाधिकारीले हिन्दु धर्म सापेक्षताको पक्षमा बोलेको २ दिन पनि बित्न नपाउँदै पार्टीका अर्का वरिष्ठ नेताले त्यसको कडा प्रतिवाद गर्दै आफ्नो पार्टी धर्मनिरपेक्षताको पक्षमा दृढतापूर्वक अडिग रहेको दावी गरेका छन् ।

यद्यपि धर्मसापेक्षता र धर्मनिरपेक्षताको बहस नेपाली कांग्रेस भित्रको आन्तरिक मामिला हो तर यसले पार्टीलाई धर्म संकटमा अवश्य पनि पारेको छ ।

नेपाली कांग्रेस स्व.वीपी कोइरालाको विचारबाट प्रभावित पार्टी हो । स्व.वीपी स्वयं पनि भारतका समाजवादी नेता डा.राममनोहर लोहियाको विचारबाट प्रभावित थिए । डा.लोहिया महान समाजवादी विचारक थिए । लोहियाको सिद्धान्तलाई आत्मसात गर्नु सहज हुँदैन ।

शिक्षा, स्वास्थ्य र बैंकिङ्ग क्षेत्रमा निजीकरणर्लाइ बढावा दिइएपछि स्वतः नै समाजवादलाई कमजोर गर्ने काम भइसकेको छ । समाजवाद र धर्मको सवालमा नेपाली कांग्रेस प्रष्ट हुन सकेको छैन्।

शायद त्यही भएर होला नेपाली कांग्रेस पनि अहिले पुँजीवादी आर्थिक नीतिलाई नै समर्थन गरिरहेको छ । स्व.वीपी धर्मको बारेमा बढी चर्चा त गरेनन् तर उनी धर्मनिरपेक्षताको पक्षमा थिए । अहिले दक्षिणी छिमेकी राष्ट्र भारतको बिहार तथा उत्तरप्रदेश जस्ता राज्यहरु जहाँ समाजवादी आन्दोलनको व्यापक प्रभाव परेको थियो ।

अहिले त्यहाँ पनि जातिवादको राजनीतिले समाजवादलाई कमजोर बनाइदिएको छ । जातिय राजनीतिलाई नै समाजवाद मान्ने भ्रम भारतका कतिपय राजनीतिक दल नेताहरुमा तथा नेपालका मधेशवादी दलहरुमा पनि छ । नेपालमा देशका बामपन्थीहरु तथा नेपाली कांग्रेस पनि आफुलाई समाजवादकै समर्थन भएको दावी गर्दै आएको छ तर व्यवहारमा नेपालका राजनीतिक दलहरु पुँजीवादी आर्थिक विचारधाराबाट प्रभावित देखिएका छन् ।

शिक्षा, स्वास्थ्य र बैंकिङ्ग क्षेत्रमा निजीकरणर्लाइ बढावा दिइएपछि स्वतः नै समाजवादलाई कमजोर गर्ने काम भइसकेको छ । समाजवाद र धर्मको सवालमा नेपाली कांग्रेस प्रष्ट हुन सकेको छैन्।

अहिले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी सफलताको शिखरमा पुगेको छ । दर्जनौँ प्रादेशिक सरकारहरुको नेतृत्व गरिरहेको भाजपा अहिले संघीय संसदमा पनि बहुमत हासिल गरेको छ ।

कतिपयले भारतीय जनता पार्टीको सफलतामा हिन्दुत्वको भावनाले बढी काम गरेको तर्क गरेका छन् । तर यो आंशिक सत्य मात्रै हो । हिन्दुत्वको भावनाको आधारमा मात्रै भोट प्राप्त हुने भए भारतमा सधैँ भाजपाकै सरकार रहने थियो तर त्यसो भएन । भारतीय जनता पार्टीको सफलतामा पार्टी नेताहरुको कठोर परिश्रम, त्याग, समर्पण, कठीन अनुशासन पालन, भ्रष्टाचारको विरोध, जनतासित सोझो सम्पर्क र जनताको सुख दुःखमा सहभागिता जस्ता कार्यहरुको प्रमुख भूमिका छ ।

जातिवाद परिवारवाद र भ्रष्टाचार भन्दा पार्टी कोशौं टाढा रहदै आएको छ । केवल गेरु रंगको वस्त्र धारण गरेर निधारमा भष्म दलेर, त्रिपुण्ड चन्दन लगाएर, राम कृष्ण तथा हनुमानको नाम लेखिएको वस्त्र धारण गरेर हिन्दुवादी बन्न सकिन्छ भन्ने मानसिकताको आधारमा मात्रै भारतका जनताले भाजपालाई समर्थन गरेको छैन ।

नेपाली कांग्रेसका नेताहरु हिन्दु धर्म सापेक्षताको वकालत गर्दैमा नेपाली जनताले अपार समर्थन गर्ने सम्भावना देखिँदैन । रथ यात्रा निकालेर तथा भगवान श्री कृष्णको फोटो राखेर राजनीति सफल हुने भए राप्रपा नेपालको यस्तो हवगित हुने थिएन ।

धर्म सापेक्षताको पक्षमा अहिले सम्म नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव ल्याएको छैन र जबसम्म उ संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउदैन तबसम्म हिन्दु राष्ट्रको पक्षमा उसको धारणा शंकास्पद नै मानिनेछ ।

विसं २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली जनताले राप्रपा नेपाल माथि विश्वास गरी समानुपातिक तर्क राम्रो भोट पनि दिएका थिए तर यसका नेताले धर्मनिरपेक्ष संविधान जारी गर्नमा अग्रणी भूमिकाको निर्वाह गरेका कारण नेपाली जनताले पूनर्मूषकोभवः को अवस्थामा ल्याउन पनि ढिलो गरेनन् ।

धेरै समयसम्म नत सोझा जनतालाई नै ठग्न सकिन्छ नत धर्म र भगवानलाई नै । धर्म र भगवानर्लाइ धोका दिनुको अर्थ जनताको विश्वास र भावना सित मजाक गर्नु हो । पटक–पटक सरकारको नेतृत्व गरिसकेको नेपाली कांग्रेसले अब हिन्दुत्वको नारालाई अघि सारेपनि त्यसमाथि जनताले किन विश्वास गर्ने ? भन्ने प्रश्न उठन सक्दछ । बिना कारण वि.सं. २०६३ सालमा हिन्दु राष्ट्र नेपाललाई धर्मनिरपेक्ष घोषित गराउने अभियानको नेतृत्व नेपाली कांग्रेसले नै गरेको थियो ।

वि.सं. २०७२ को संविधान जारी हुँदा नेपाली कांग्रेस र राप्रपा नेपाल हिन्दु धर्म सापेक्ष संविधानको पक्षमा उभिएको भए नेपाल ४ वर्ष अघि नै हिन्दु राष्ट्र घोषित भइसकेको हुने थियो । अहिले पनि नेपाली कांग्रेस इमान्दारीपूर्वक यसको पक्षमा उभिएको छैन । केवल चर्चा पाउनका लागि तथा राजनीतिक लाभ लिनका लागि मात्रै यसलाई राजनीतिक मुद्दाको रुपमा अघि सार्ने प्रयास गरिरहेको छ ।

भारतमा कांग्रेसको ओरालो लाग्दो अवस्था हेरेर नेपाली कांग्रेस हिन्दुत्वको पुच्छर समात्ने प्रयास गरेको छ तर राजनीतिक वैतरणी पार गर्न पनि पाप र पुण्यको हिसाब किताब गरिन्छ नै । धर्म सापेक्षताको पक्षमा अहिले सम्म नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव ल्याएको छैन र जबसम्म उ संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउदैन तबसम्म हिन्दु राष्ट्रको पक्षमा उसको धारणा शंकास्पद नै मानिनेछ ।

बामपन्थीहरु धर्मलाई पछयौटेपनको प्रतीक र अफिम सरह ठान्ने गर्दछन् तर माक्स, लेनिन एवं माओ देखि लिएर अब्राहम लिंकन जस्ता लोकतन्त्रवादीहरुको देश किन धर्मनिरपेक्ष हुन सकेन भन्ने प्रश्नको जवाफ उनीहरु सित छैन । नेपालका बामपन्थीहरु सुविधामुखी राजनीति गर्न रुचाउँछन् । आवश्यकता अनुसार धर्मलाई मान्ने र नमान्ने काम गर्दै आएका छन् ।

कुनै व्यक्ति अथवा पार्टीको विचारधारालाई मान्ने र नमान्ने पक्ष बीचको द्वन्दमा हजारौँ व्यक्ति दिनहुँ ज्यान गुमाइरहेका छन् तर यस्ता हजारौं नरसंहारलाई विभिन्न वादको आवरण दिएर तिनको हिंसाजन्य कार्यलाई जोगाउने काम भइरहेको छ ।

आ–आफ्नो देशलाई क्रिस्चियन तथा इश्लामिक राष्ट्र बनाएकाहरुले नेपालका राजनीतिक दलका नेताहरुलाई प्रलोभनमा पारी नेपाललाई धर्मनिरपेक्ष घोषित गर्न लगाए । मन्दिरको प्रसाद ग्रहण गर्न तथा चरणामृत लिन नमान्ने कथित नेपाली धर्मनिरेपेक्षहरु विदेशी चर्चका प्रमुखको हात्तबाट ‘होली वाइन’ ग्रहण गर्नमा आफुलाई सौभाग्यशाली ठान्दछन् ।

हिन्दु धर्ममा कट्टरता र हिंसाको निम्ति ठाउँ छैन । दया, परोपकार, करुणा, समभाव, प्राणी मात्रको कल्याण तथा बसुधैव कुटुम्बकयको भावना बोकेको हिन्दु धर्मको पहिचानलाई मेटाएर नेपाललाई धर्मनिरपेक्ष घोषित गरेकाहरु अहिले आफ्नो अस्तित्वको रक्षाको निम्ति पुनः हिन्दु धर्मलाई स्मरण गर्ने प्रयास गरिरहेका छन् । तर अहिलेपनि यस विषयमा नेपाली कांग्रेस एकजुट छैन ।

कतिपयले धर्मको नाममा खासगरिकन बामपन्थीहरुले धर्मका कारण धेरै मानिसहरु मारिन्छन् भन्ने आरोप लगाउँछन् । धर्मका कारण इतिहासमा मान्छे मारिएका उदाहरण पनि छन् । यसमा शंका गर्ने ठाउँ छैन र धर्मकै नाममा विश्वका कैयन देशमा आज पनि मानिस मारिदैछन तर हिन्दु धर्मका कारण यस्तो घटना भएको छैन । २० औं शताब्दीमा भएका दुईवटा विश्वयुद्ध धर्मको नाममा भएका थिएनन् । हाम्रो युगको सबैभन्दा ठूला निरंकुश शासक हिटलर, स्टालिन, पोलपोट त नास्तिक नै थिए ।

२० औं शताब्दीमा विचार धाराहरु साम्यवाद, फासीवाद यहाँ सम्मकी लोकतन्त्रकै नाममा जति व्यक्ति मारिए त्यति धर्मको नाममा मारिएनन् । सोभियत संघमा साम्यवादको नाममा करोडौँ व्यक्तिलाई मारियो । तीभन्दा पनि कैयौ गुणा जिन्दगीलाई नर्कतुल्य बनाउने काम भयो । सांस्कृतिक क्रान्तिको नामा भएका घटनालाई पनि बिर्सन सकिदैन । अमेरिकाले लोकतन्त्रको नाममा बम खसाल्ने काम गर्‍यो तथा संसारका अनेकौँ क्रुर तानाशाहहरुलाई प्रश्रय दिने काम पनि गर्‍यो ।

यदि नेपाली कांग्रेस सच्चिन चाहन्छ भने राम्रो कुरा हो तर पार्टी अन्यौलको घेराबाट बाहिर आउनु पर्दछ ।

राष्ट्र एउटा यस्तो अवधारणा हो जसको नाउँमा सबै देश युद्ध लड्ने गर्दछन्, तथा लाखौँ सैनिक एवं नागरिकलाई बलि चढाइन्छ तर वर्तमान युगमा राष्ट्र अथवा विचारत्रारा नै समाप्त भइहाल्नु पर्दछ भने चाहना कसैले पनि गर्न सक्दैन । धर्मलाई निषेध गर्ने अवधारणा आधुनिकतासँगै आएको राज्य एवं धर्मबीचको द्वन्दका कारण उत्पन्न भएको हो । आधुनिकता र पूँजीवादी क्रान्तिका कारण धर्मलाई पछ्यौटेपनको कारण मान्ने काम भयो तर यो पूर्णतः गलत हो ।

कुनै व्यक्ति अथवा पार्टीको विचारधारालाई मान्ने र नमान्ने पक्ष बीचको द्वन्दमा हजारौँ व्यक्ति दिनहुँ ज्यान गुमाइरहेका छन् तर यस्ता हजारौं नरसंहारलाई विभिन्न वादको आवरण दिएर तिनको हिंसाजन्य कार्यलाई जोगाउने काम भइरहेको छ । केही सिमित व्यक्तिहरुको धार्मिक कट्टरता र दण्डहिनताका कारण पूरै धर्मलाई दोषी ठहर्‍याउने काम भइरहेको छ । जुनकि गलत हो । हिन्दु धर्म त जिवन पद्यती हो ।

यो वेद, पुराण, रामायण, महाभारत, गीता तथा महान ऋषीमुनीहरुको दिव्य उपदेश एवं विचारबाट प्रभावित छ । सत्य, अहिंसा, करुणा र परोकार नै हिन्दु धर्मका चार खम्बा हुन । नेपाललाई धर्मनिरपेक्ष घोषित गरेर गल्ति भएकै हो । यदि नेपाली कांग्रेस सच्चिन चाहन्छ भने राम्रो कुरा हो तर पार्टी अन्यौलको घेराबाट बाहिर आउनु पर्दछ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ३२ बजे

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या