मुलुकको समृद्धिका लागि कांग्रेसलाई जिताउन सभापति देउवाको आग्रह | Khabarhub Khabarhub

मुलुकको समृद्धिका लागि कांग्रेसलाई जिताउन सभापति देउवाको आग्रह


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा कांग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा बीपी चिन्तन प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा सभपाति देउवाले देशभरी कांग्रेसले जितेका नगर र गाउँपालिकामा विकासको लहर देखिएकाले धरानमा पनि कांग्रेसले जित्नुपर्नेमा जोड दिए ।

उनले राणाशासन र पञ्चायतजस्ता एकदलीय निरङकुशताका विरुद्ध विगतमा नेपाली काङग्रेसले लडेको स्मरण गर्दै आफ्नो पार्टी सङ्घीयता र लोकतन्त्रका पक्षमा सदैव लागिरहने र कसैसँग सम्झौता समेत नगर्ने धारणा व्यक्त गरे ।

सभापति देउवाले जनताको बोल्न र लेख्न पाउने अधिकारलाई कहि कतैबाट कुण्ठित गर्न नहुने चर्चा गर्दै काङग्रेस सदैव स्वतन्त्रता र जनताको अधिकारका पक्षमा रहनेसमेत बताए ।

पार्टीका उपसभपाति विजयकुमार गच्छादारले पार्टीभित्र एकता कायम गरी आउँदो निर्वाचनमा कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आग्रह गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०