महिलाबाट के चाहन्छन् पुरुष ? यस्ता छन् ७ कुरा | Khabarhub Khabarhub

महिलाबाट के चाहन्छन् पुरुष ? यस्ता छन् ७ कुरा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रेम होस् वा विवाह हरेक पुरुषको महिलाप्रति केही न केही आकांक्षाहरु रहने गर्दछन् । तर कतिपय अवस्थामा ती कुराहरु पुरुषले महिलालाई भन्न सकेका हुदैँनन् ।

जसका कारण पुरुषले आफूबाट के चाहन्छन् भन्ने कुरामा महिलाहरु अनविज्ञ रहन्छन् । तर नभने पनि अधिकांश पुरुषले महिलाबाट के चाहन्छन् त ? हामी केही जानकारी दिँदैछौँ, जसबाट आफ्नो पुरुष साथीले तपाईंबाट के चाहन्छन् भन्ने सजिलै थाहा पाउन सक्नुहुन्छ ।

१. अधिकांश पुरुषले आफ्नो महिला साथीबाट आफ्ना साथीका श्रीमती वा प्रेमिकाभन्दा बढी माया गरोस् भन्ने चाहन्छन् । महिलाले आफूलाई गर्ने माया प्रर्दशन गर्न चाहने पुरुषले आफू पुरुषले आफ्ना साथीका अगाडि यसलाई प्रतिष्ठाको रुपमा तुलना गर्दछन् ।

२. प्रेमिका होस् या श्रीमती पुरुषले आफ्ना साथीका महिला साथीभन्दा आफूलाई बढी समय दिउन् भन्ने चाहन्छन् । साथै समय दिने क्रममा आफूतिर बढी बफदार रहको देखावटी गर्न चाहन्छन्, त्यसैले अरुका सामुन्ने महिला साथीबाट पुरुषले आफ्नो बखान सुन्न चाहन्छन् ।

३. कुनै पनि पुरुषले आफ्नो महिला साथीबाट आफूभन्दा राम्रो केटा पाउँछु भनेर गरेको ठट्टालाई समेत सहन सक्दैनन् । तसर्थ चिढ्याउनका लागि भए पनि महिलाले कहिल्यै आफ्नो पूर्व प्रेम वा अन्य पुरुषसँगको आत्मियता सुनाउनु हुँदैन ।

४. लामो या छोटो केहिबेर छुट्टिएर भेटिँदा पुरुषले महिला साथीलाई अंकमाल गर्न चाहन्छन् । तर परिस्थिति वा व्यवहारिक कामका नाममा महिलाले समय नदिँदा त्यस कुरालाई पूरा गर्न सक्दैनन् । जसले गर्दा पुरुषहरु आफूप्रति महिला साथीको आत्मियता कम भएको ठान्दछन् ।

५. पुरुषले आफ्नो महिला साथीबाट आफूसँग बिताएको पलका बारेमा खुसी साथ बयान गरुन् भन्ने चाहन्छन् । आफन्त वा साथीभाईसँग भेटघाट गर्दा आफ्नो प्रेमी वा श्रीमान्सँग गरेको भ्रमण वा घुमघामका बिषयमा चर्चा गरेर आफू खुसी रहेको देखाउन् भन्ने चाहन्छन् ।

६. अधिकांश पुरुषहरु महिलाले आफ्ना बिषयमा चासो राखेको मन पराउँछन् । उनीहरु आफ्नो जन्म मिति, कार्यालय, काम तथा महत्वपूर्ण बिषयको जानकार हुन् भन्ने चाहन्छन् । उनीहरु यस्ता महत्वपूर्ण दिन वा बिषयमा महिलाबाट समन्वय तथा साथको अपेक्षा गर्दछन् ।

७. पुरुषले महिलाबाट चाहने सबैभन्दा महत्वपूर्ण कुरा भनेको भेटेको समयमा धेरै गुनासो वा विषय, प्रसंग बाहेकका कुरा नगरुन् भन्ने चाहन्छन् । महिलामा कुरा गर्ने बानी हुन्छ तर कतिपय पुरुषहरु मन नपरे पनि ति कुरा सुन्छन्, जब कि उनीहरुलाई धेरै कुरा गरेको मन पर्दैन ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : ०५ बजे

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले