सैनिक कल्याणकारी कोषबाट पेन्सन खानेका लागि ६ रंगका पट्टाको व्यवस्था | Khabarhub Khabarhub

सैनिक कल्याणकारी कोषबाट पेन्सन खानेका लागि ६ रंगका पट्टाको व्यवस्था


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सेवा निवृत्त भएका पूर्व सैनिक तथा उनीहरुका आश्रित परिवारलाई सैनिक कल्याणकारी कोषबाट निवृत्तिभरण पाउने गरी विभिन्न ६ प्रकारका पट्टाको व्यवस्था गरेको छ ।

यसका लागि सेनाले ६ रंगको पट्टाको व्यवस्था गरेको छ । सेनाले हरेक ६ महिनामा २ हजार ५ सय तथा वार्षिक रुपमा ५ हजारका दरले साधारण निवृत्तिभरण पाउने सकल दर्जाका लागि पहेँलो रंगको पट्टाको व्यवस गरेको छ ।

यस्तै, १ हजारका दरले कल्याणकारी निवृत्तिभरण पाउने ७० वर्ष उमेर नाघेका भूतपूर्व सैनिक तथा आश्रित परिवारका हरियो रंगको पट्टाको व्यवस्था गरिएको छ ।

यस्तै, सेवारत अवस्थामा मृत्युवरण गर्ने सैनिक परिवार (श्रमान्÷श्रीमती) र कालगतिले मृत्यु हुने अवकाश प्राप्त सैनिक कर्मचारीका श्रीमान् तथा श्रीमतीलाई मासिक १ हजार रुपैयाँ कल्याणकारी निवृत्तिभरण उपलब्ध गराउनका लागि निलो रंगको पट्टाको व्यवस्था गरिएको छ ।

यस्तै, विभिन्न प्रकोपका घटनामा परेर मृत्युवरण गरेका सैनिक कर्मचारीका परिवारलाई कल्याणकारी कोषबाट मासिक रुपमा २ हजार उपलब्ध गराउन खैरो रंगको पट्टाको व्यवस्था गरिएको सैनिक कल्याणकारी कोषका निर्देशक सहायक रथी सागरबहादुर केसीले जानकारी दिए ।

सहायक रथी केसीका अनुसार कल्याणकारी कोषबाट सहुलित खाइपाइ आइरहेका ९० वर्षभन्दा माथि ९८ वर्ष ११ महिला ३० दिनसम्मको उमेर भएका हिताधिकारीलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्याजी रंगको पट्टाको व्यवस्गा गरिएको छ ।

९९ वर्ष भन्दा माथिको उमेर भएको (अति ज्येष्ठ) पूर्व सैनिक कर्मचारीका लागि मासिक १० हजार रुपैयाँ पाउने गरी रातो रंगको पट्टाको व्यवस्था गरिएको सेनाले जनाएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : २३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६