सरकारले आफ्नालागि ल्याएको नीतिबारे पत्तो नै पाउँदैनन् नेपाली युवा | Khabarhub Khabarhub

सरकारले आफ्नालागि ल्याएको नीतिबारे पत्तो नै पाउँदैनन् नेपाली युवा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । सोमबार (आज) विश्वभर ‘शिक्षामा रुपान्तरण’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा भने ‘शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ  विभिन्न कार्यक्रम गरेर युवा दिवस मनाइएको छ ।

युवाका समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम गरेर मनाइन थालेको हो ।

नेपालमा युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले युवाका लागि काम गर्दै आएका छन् । २००७ सालदेखि युवा केन्द्रित धेरै योजना अगाडि सारिए, तर छोटो समयमै हुने सरकार परिवर्तन र राजनीतिक खिचातानीका कारण त्यस्ता योजना अलपत्र पर्ने गरेका छन् ।

सरकारले युवाका लागि वार्षिक विभिन्न मन्त्रालय अन्तर्गत ९ अर्ब बराबरको बजेट विनियोजन गर्दै आएको छ ।

सरकारले युवा दिवस मनाउन थालेपछि युवाका मुद्दा केही न केही सम्बोधन गरिरहेको दाबी गर्दै आएको छ । युवामै केन्द्रित भएर योजना र कार्यक्रम ल्याइरहेको युवा तथा खेलकुद मन्त्रालयले जानकारी दिएको छ ।

नेपाललाई सन् २०२५ सम्म द्रूत विकासशील राष्ट्रमा पुग्नका लागि शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्न भन्दै ‘युथभिजन २०२५ सहित १० वर्षको रणनीतिक योजना’ सरकारले अघि सारेको छ ।

परिषद्ले संघ र प्रदेशमा नमूना युवा संसद् गठन गरी काम गर्दै आएको छ । परिषद्ले ९० स्थानीय तहमा नमूना युवा संसद् गठन तथा अभ्यास र ७७ स्थानीय तहका एक हजार ९४ वडामा युवा क्लबसमेत बनाएर काम गरिरहेको जनाएको छ ।

सरकारले २०६४ सालमा देशभित्र युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार कोष गठन गरिएको थियो । यो कोषमार्फत हाल विभिन्न कार्यक्रम भइरहेको छ । युवाको बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता विद्यमान समस्या रहे पनि युवामा सकारात्मक परिवर्तन देखा पर्न थालेको मन्त्रालयले जनाएको छ ।

युवा वर्गकै समस्या सम्बोधन गर्ने भनेर युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले ‘राष्ट्रिय युवा नीति २०७२’ मा युवा विकासका व्यापक विषयलाई नीतिगत रुपमा ल्याएको थियो । तर, यस्तो नीतिका विषयमा धेरैजसो युवा अनविज्ञ छन् ।

यस्तै, जिल्ला र स्थानीय तहका युवालाई समेट्न भनेर सरकारले २०७२ सालमा राष्ट्रिय युवा परिषद् ऐन ल्याएको  थियो । यो कार्यक्रम पनि कसरी आयो र हरायो, युवाले पत्तो नै पाएनन् । यस्तै, प्रधानमन्त्री कृषि आधुनिककारण परियोजना, युवा स्वयम् सेवक, शिक्षामा युवा कार्यक्रम, कृषिमा युवाको लगानी र प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता महत्वपूर्ण युवामैत्री योजना सरकारले अघि सारे पनि युवाको सहभागिता भने खासै देखिएको छैन ।

युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार, खेलकुद लगायतका क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रम ल्याउने गरेका छन् । यस्ता कार्यक्रम ल्याए पनि ती कार्यक्रम आर्थिक वर्ष सकिए पछि योजनामै सीमित हुन्छन् ।

युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार तथा आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तिकरण गर्ने रणनीति तय गरिएको राष्ट्रिय युवा परिषदका सहसचिव तथा प्रवत्ता ध्रुवराज पौडेल बताउँछन् । सरकारले पछिल्लो समय युवा मैत्री योजनामा केन्द्रित भएर काम गरेको प्रवत्ता पौडेलको दाबी छ ।

युवाका क्षेत्रमा काम गर्ने युवा तथा खेलकूद मन्त्रालय भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि विकास मन्त्रालय, गृहलगायत मन्त्रालयले युवाका क्षेत्रमा काम गर्दै आएका छन् । यी मन्त्रालयको तालमेल नमिल्दा धेरै युवा योजना अलपत्र पर्ने गरेका छन् ।

स्नातक सकेका २६ प्रतिशत युवा बेरोजार

नेपाल विश्वमा युवा विकासको सूचीमा ७७ औँ नम्बरमा छ । नेपालमा हाल पनि १९.२ प्रतिशत युवा पूर्ण बेरोजगारी नै रहेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा छ । नेपालमा कृषि क्षेत्रमा ५० प्रतिशत युवा संलग्न छन् । यी युवालाई पनि सरकारले रोजगारी भित्र राखेको छ । जस्तै, २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नुपरेको अवस्था छ ।

देशमा रोजगारीको अवसर नपाएको भन्दै वार्षिक करिब ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । गएको ४ दशकमा करिब ६३ लाख युवा वैदेशिक रोजगारीमा गएको विभागका तथ्याङ्कमा उल्लेख छ । २०५० साल यता नेपाली युवा वैदेशिक रोजगारीको भरमा रहँदै आएका छन् । देशभित्र रोजगारी अवसर नभएको भन्दै अहिले पनि युवाहरु विदेशीने क्रम बढ्दो छ ।

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् १ करोड ७ लाख युवा रहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ४ : ३९ बजे

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को