११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ | Khabarhub Khabarhub

११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १ जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन् ।

पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बोकटीका अनुसार पीडित पक्षको उजुरीका आधारमा पुजारीलाई पक्राउ गरिएको हो । पुजारी अहिले महानगरीय प्रहरी बृत्त जनसेवाको हिरासतमा छन् ।

प्रहरीले जबरजस्ती करण मुद्दामा म्याद थप गरेर पुजारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

‘पीडित बालिकाको पनि स्वास्थ्य परीक्षण भइसकेको छ, अहिले उपचार र काउन्सिलिङ (परामर्श) भइरहेको छ,’ डिएसपी बोगटीले खबरहबसँग भने ।

प्रहरीका अनुसार पुजारीले ११ वर्षीया बालिकामाथि पटक पटक जबरजस्ती करेको गरेको देखिएको छ ।

बालिकाका आमाबुवासँग राम्रो चिनजान भएका पुजारीले घरमा एक्लै भएको अवस्थामा बालिकामाथि बलात्कार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘उनी (पुजारी) घरमा आउँदा पनि पीडित बालिकाका आमाबुवाहरु खुसी हुने रहेछन्, बालिकाका आमाबुवासँग एकदमै नजिकको सम्बन्ध रहेछ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले खबरहबसँग भने, ‘बालिकाका आमाबुवाको विश्वास जितेका पुजारीले घरमा एक्लै रहेकी बालिकामाथि पटक पटक बलात्कार गर्ने गरेका रहेछन् ।’

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ११ : २१ बजे

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ