चेल्सीलाई पराजित गर्दै युनाइटेडको शानदार शुरुवात | Khabarhub Khabarhub

चेल्सीलाई पराजित गर्दै युनाइटेडको शानदार शुरुवात


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सीमाथि शानदार शुरुवात गरेको छ । आइतबार राति ओल्ड ट्रार्फोडमा भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको हो ।

युनाइटेडका लागि कार्कस रासफोर्डले उत्कृष्ट २ गोल गरे भने एन्थोनी मार्सल र ड्यानियल जेम्सले समान एक–एक गोल गर्दै टिमलाई जीत दिलाए । फ्राङ्क लाम्पार्डले चेल्सी सम्हालेको पहिलो खेलमै चेल्सी पराजित हुँदा उनले यो सिजनमा राम्रो शुरुवात गर्न सकेनन् ।

यता, युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने यो सिजनको पहिलो खेलमा आफ्नो टक्करको टोलीमाथि ४–० को जीत निकाल्दै प्रिमियर लिगमा राम्रो शुरुवात गरेका छन् ।

युनाइटेडका लागि खेलको १८ औं र ६७ औं मिनेटमा रास्फोर्डले गोल गरेका थिए भने ६५ मिनेटमा मार्सलले गोल गर्दा अन्तिम गोल ८१ मिनेटमा जेम्सले गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : ०१ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना