श्रमिकको हकहितमा काम गर्ने संगठन नै कामदारसम्म पुग्दैनन् | Khabarhub Khabarhub

श्रमिकको हकहितमा काम गर्ने संगठन नै कामदारसम्म पुग्दैनन्


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालसहितका विकशिल मुलुकको समस्या बेरोजगारी हो । यसलाई हल गर्न यस्ता मुलुकले वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्ने गरेका छन् । तर, यी मुलुकमा वैदेशिक रोजारी ठूलो समस्याका रुपमा भित्रने गरेको छ ।

कामदारले श्रम मुलुकमा पाउने पीडा, ज्याला, सेवा, सुविधामा हुने अनियमितता, मानसिक तथा शारीरिक हिंसा मजदुरले भोग्ने पीडा हुन् । यसको समाधानका लागि अन्तर्राष्ट्रिय संघ संस्थाले काम गर्दै आएका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक हुन अथवा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्यामा केन्द्रित भएर अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) ले नेपालमा सयुंक्त राष्ट्रको प्रतिनिधित्व गदै आएका छन् ।

नेपालमा दशकदेखि आइओएम र आइएलओले काम गदै आएपनि कतिपय श्रमिकलाई नै यी संगठनको भुमिकाका बारेका जानकारी छैन । यी संगठनले नेपालमा श्रमिकका वास्तविक समस्या पहिचान गर्न नसकेको गुनासो पनि बेला–बेलामा उठ्ने गरेको छ ।

विदेशमा तथा देशभित्र काम गर्ने श्रमिकहरुको हकहितका लागि आइओएमले विषेश चासो दिएर काम गरिरहेको छ । आइएलओले श्रमिकका ऐन, श्रमिकका लागि हेल्प डेस्क, सूचना प्रवाह र महिला तथा बाल श्रमिकमाथि भइरहेका शोषण अन्य गदै आएको छ । पछिल्लो समय आइओएमले ग्वोबल माइग्रेशनमा केन्द्रित भएर काम गरिरहेको छ ।

नेपालमा दशकदेखि आइओएम र आइएलओले काम गदै आएपनि कतिपय श्रमिकलाई नै यी संगठनको भुमिकाका बारेका जानकारी छैन । यी संगठनले नेपालमा श्रमिकका वास्तविक समस्या पहिचान गर्न नसकेको गुनासो पनि बेला–बेलामा उठ्ने गरेको छ । यी दुवै संगठनले नेपालमा दशकदेखि काम गदै आएपनि श्रममैत्री भने हुनसकेको छैन्।

आइएलओले सरकार, रोजगारदाता, श्रमिक र श्रमिकको प्रतिनिधिन्व गर्ने मजदुर संगठनसँग सहकार्य गरेर काम गदै आएको छ । यो संगठन मजदुरसँग भन्दा मजदुर संगठनका नेतासँग धेरै जोडिएर काम र योजना बनाउदै आएको छ । आइएलओले ५ वर्षको ‘डिसेन्ट वर्क कन्ट्री प्रोग्राम’ गदै आएको छ । उनीहरुले श्रमिक, मजदुर संगठन र सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर यो प्रोग्राम चलाउदै आएको छ ।

‘डिसेन्ट वर्क कन्ट्री प्रोग्राम’ अर्न्तगत विभिन्न प्रकारका कार्यक्रम पर्छन । आइएलओ र आइओएमको सस्दय राष्ट्र नेपाल भएकाले वार्षिक शुल्क तिर्दै आएको छ । तर यो शुल्क बापत पीडित कामदारले भने जस्तो न्याय भने पाउन सकेका छैन् । श्रमिकको हक अधिकारका विषयमा जति धेरै कुरा उठेपनि व्यवहारमा भने सहज कार्यान्वयन भएको पाइँदैन ।

आइएलओ र आइएलओ दुवै संस्था राजनीतिक दलको भातृ संगठन ट्रेड युनियनसँग मिलेर काम गदै आएका छन् । उनीहरुका काम शहर केन्द्रित मात्र छन् । यी दुवै संस्थाले ग्रामिण भेग र तल्लो वर्गका मजदुरसम्म पुगेर काम गरेको पाइँदैन ।

दुवै संस्थाले सरकारसँग सहकार्य गरेर काम गदै आएका एनजिओ जस्तै भएको श्रम तथा रोजगारविज्ञ डा.गणेश गुरुङ बताउँछन् । ‘आइएलो र आइओएमको नेपालमा कस्तो भुमिका छ भनेर धेरै थाहा छैन । यी दुवै संगठनले के काम गर्छन भने विषयमा श्रमिक मात्र होइन अरु पनि अनविज्ञ नै छन्,’ डा.गुरुङले भने, ‘श्रमसँग जोडिएका विषयमा सम्बन्धित भएर काम गर्ने होला । यसको प्रभाव वास्तविक श्रमिकसम्म छैन । पछिल्लो समय यी दुवै संस्थाले गैरसरकारी संस्थासँग पनि सहकार्य गरेर काम गदै होलान।’ दुवै सगठनले प्रवाभकारी काम नेपालमा नगरेको उनको भनाई छ । यी सस्थाले नेपालमा यूएनको प्रतिनिधिन्व गरे जस्तो मात्र गरेको रोजगारविज्ञ डा.गुरुङको बुझाई छ ।

आइएलोले नेपालमा तुलनात्मक काम गरेको अखिल नेपाल ट्रेड युनियनका कार्यबाहक अध्यक्ष जगतबहादुर सिंखडाले बताए । आइएलओले सरकार, मजदुर, रोजगारदाता कम्पनी र मजदुर संगठनसँग मिलेर नै काम गरिरहेको उनको भनाई छ । सरकारले आइएलओ र आइओएमले विश्वमा पाएको मापदण्डअनुसार नै काम गरिरहेको दुवै सस्थाले दावी गदै आएका छन्। तर यो दावी अनुसारको काम भने दुवै स‌ंस्थाले गर्न सकेका छैनन् ।

दुवै संस्था शहर केन्द्रित

आइएलओ र आइएलओले दुवै संस्था राजनीतिक दलको भातृ संगठन ट्रेड युनियनसँग मिलेर काम गदै आएका छन् । जसका कारण उनीहरुका काम शहर केन्द्रित मात्र छन् । यी दुवै संस्थाले ग्रामिण भेग र तल्लो वर्गका मजदुरसम्म पुगेर काम गरेको पाइँदैन । ग्रामिण भेगका कामदारले आइएलओ र आइएलओले गर्ने बारे जानकार नै छैन् ।

आइएलओ विश्वभरका श्रमिकको सुरक्षा, रोजगारको ग्यारेन्टी, श्रमिकका अवस्था र श्रमिक लिने अथवा दिने देशबीच हुने श्रम सम्झौताका लागि पहल गदै आएको छ । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्ध जस्ता क्षेत्रमा आइएलओले नेपालमा काम गर्दै आएको छ ।

आइओएमले नेपालमा भुटानी शरणार्थी समस्या समाधानका लागि सहयोग गरेको थियो । नेपालमा शरण लिएर बसेका शरणर्थीलाई तेस्रो देश पुर्नस्थापना गर्न आइओएमको भुमिका महत्वपूर्ण छ । यो संस्थाले शरणर्थीलाई पुर्नस्थापना गर्ने मध्यस्तकर्ताको भुमिका निवार्ह गरेको थियो । आइओएमले नेपालमा समस्या परेका आप्रवासी कामदारको उद्धार, उनीहरुले रोजगारदाता देशमा भोगिरहेको समस्या, श्रमिकको स्वास्थ्य र अन्य श्रमिकका समस्या जस्ता विषयमा चासो देखाउँदै आएको छ ।

आइओएमले नेपालमा विषेशगरि आप्रवासनमा रहेको श्रमिकका समस्या समाधानको प्रयास गर्दै आएको छ। आप्रवासीलाई सहयोग र सूरक्षा, आप्रवासन सहयोग, आप्रवसान र स्वास्थ्य, शरणार्थी पुर्नस्थापना र आप्रवासन सम्बन्धी पुनः सामाजिकीकरण जस्ता विषयमा काम गदै आएको छन् । त्यस्तै वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकलाई उद्धारका लागि नेपाल सरकारलाई सहयोग गरिरहेको आइओएमले विभिन्न देशमा अलपत्र परेका श्रमिक उद्धारमा पनि सक्रियता देखाउँदै आएको छ।

यस्तै, आइएलओेले पनि वैदेशिक रोजगारीमा जाने कामदारको तंथ्याक संकलन, वैदेशिक रोजगारी क्षेत्र व्यवस्थीत गर्ने नेपाल सरकारलाई सहयोग, कामदारका हकहितका लागि काम गर्ने पहल गदै आएको छ । पछिल्लो समय देशभित्रको रोजगार सिर्जनामा तालिमका लागि सहयोग गर्ने आइएलओले सरकारलाई आश्वासन दिएको छ । जसका लागि सीप विकास र तालिमका सहयोग गर्ने गरेको छ । आइएलओ विश्वभरका श्रमिकको सुरक्षा, रोजगारको ग्यारेन्टी, श्रमिकका अवस्था र श्रमिक लिने अथवा दिने देशबीच हुने श्रम सम्झौताका लागि पहल गदै आएको छ । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्ध जस्ता क्षेत्रमा आइएलओले नेपालमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : ४० बजे

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा