झापाको वडा कार्यालयमा बम विस्फोट | Khabarhub Khabarhub

झापाको वडा कार्यालयमा बम विस्फोट


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयमा गराएको बम विस्फोटबाट वडा कार्यालयको भवनमा क्षति पुगेको छ ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बम विस्फोटबाट वडा कार्यालयको झ्याल, पर्खाल र फर्निचरमा क्षति भएको छ । भवनको वालसमेत फुटेको बडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिए ।

विस्फोट कसले र किन गर्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको टोली समेत पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : ११ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न